सडक पूर्वाधार विकासलाई लिएर उच्चस्तरीय बैठक

गान्तोक, 30 सेप्टेम्बर: सिक्किम राज्यमा सडक पूर्वाधार विकासलाई लिएर मुख्यमन्त्री पीएस गोलेको अध्यक्षतामा सरकारको महत्त्वपूर्ण बैठक आयोजन भएको छ। मिन्तोगाङमा आज आयोजित बैठकमा सीमा सडक संगठनसँग मिलेर पूर्वाधारका महत्वपूर्ण मुद्दाहरू समाधान गर्ने बारे छलफल भयो।

बैठकमा सडक र पुल मन्त्री एनबी दाहाल, सीमा सडक संगठनका महानिदेशक लेफ्टिनेन्ट जनरल राघु श्रीनिवासन साथै प्रोजेक्ट स्वस्तिकका प्रमुख इन्जिनियर ब्रिगेडियर मनोज गुप्ता लगायत अन्य अधिकारीहरू उपस्थित थिए।

उत्तर सिक्किममा भूस्खलनका संवेदनशील क्षेत्रहरूमा सडक विकास प्रगति गर्ने उद्देश्यले आयोजित बैठकमा मुख्यमन्त्रीका प्रमुख सचिव एसडी ढकाल र सडक एवं पुल सचिव डादुल भोटिया लगायतका अन्य उच्च अधिकारीहरूले पनि भाग लिएका थिए।

बैठकमा महत्वपूर्ण स्थानहरूको संयुक्त निरीक्षण गर्ने निर्णय गरिएको छ जसबाट तात्कालिक र दिगो समाधानका लागि एक समग्र कार्ययोजना तयार गर्न सकिनेछ।
मुख्यमन्त्री गोलेले राज्यभरिका क्षतिग्रस्त सडकहरूलाई शीघ्र मरमति गर्नुपर्ने आवश्यकताको महत्त्वलाई जोड दिए साथै अधिकारीहरूलाई संयुक्त निरीक्षणहरूमा गति ल्याउन र पुनर्प्राप्ति प्रयासहरूलाई चांडै अघि बढाउन आग्रह गरेका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह