सिक्किमलाई जोड्ने राष्ट्रिय राजमार्ग 10 को स्तरोन्नति कार्य जारी

गान्तोक: सिक्किम र सिलगढीबीचको यातायात सहज बनाउन केन्द्र सरकारले राष्ट्रिय राजमार्ग (NH)10 को स्तरोन्नतिको लागि विभिन्न योजनाहरू अघि बढाएको छ। यो विषयमा सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले 13 फरवरीमा लोकसभामा सिक्किमका सांसद इन्द्र हाङ सुब्बाको प्रश्नको लिखित जवाफ दिँदै जानकारी दिएका हुन्।
सांसद सुब्बाले सिक्किमलाई जोड्ने मुख्य मार्ग NH-10 को स्तरोन्नति सम्बन्धी केन्द्र सरकारको योजनाबारे जानकारी मागेका थिए। जवाफमा मन्त्री गडकरीले बलासन पुलदेखि सेवोक आर्मी क्यान्टोनमेन्ट खण्डलाई 4 /6 लेनमा विस्तार गर्ने, सेवोक आर्मी क्यान्टोनमेन्टदेखि कोरोनेसन पुलसम्म 4 लेनको विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार पार्ने, सेवोकदेखि रम्फू खण्डलाई 2 लेन हार्ड शोल्डरसहित चौडा पार्ने, रम्फूदेखि रानीपुल खण्डलाई पनि 2 लेनको सडक विस्तार गर्ने तथा रानीपुलदेखि गान्तोक खण्डसम्मको मर्मत सम्भारका लागि प्रदर्शन-आधारित अनुबन्ध (Performance Based Maintenance Contract) जस्ता महत्वपूर्ण कार्यहरू अघि बढाइरहेको जानकारी दिएका छन्।
सेवोकदेखि गान्तोकसम्मको सम्पूर्ण NH-10 को मर्मत र स्तरोन्नतिको जिम्मा केन्द्र सरकारको उपक्रम NHIDCL लाई दिइएको छ।
सिक्किमका सांसद इन्द्र हाङ सुब्बाले केन्द्र सरकार र सडक परिवहन तथा राजमार्ग मन्त्रालयलाई सिक्किमको सडक पूर्वाधार आवश्यकतालाई प्राथमिकता दिएकोमा आभार व्यक्त गरेका छन्। उनले सिक्किमका मुख्यमन्त्री पीएस गोले र केन्द्र सरकारबीचको राम्रो सम्बन्धकै कारण सिक्किमका विकास योजनाहरूमा केन्द्रको ध्यान गएको बताएका छन्। सुब्बाले यी सबै कार्यहरू सम्पन्न भएपछि सिक्किमको पर्यटन क्षेत्र र पूर्वाधार विकासमा ठूलो लाभ पुग्ने विश्वास व्यक्त गरेका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह