उपचुनाउका लागि अधिसूचना जारी; एसकेएम संसदीय बोर्डको सभा आयोजित

गान्तोक, १८ अक्टोबर: दुईवटा निर्वाचन क्षेत्रमा हुने उपचुनाउका लागि आज अधिसूचना जारी भएको छ। यसका साथै सोरेङ च्याखुङ निर्वाचन क्षेत्र र नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका लागि आजदेखि नामाङ्कन दर्ता प्रक्रिया पनि शुरु भयो। तथापि यि दुवै क्षेत्रमा आज प्रथम दिन कसैले नामाङ्कन दर्ता गरेनन्।
उपचुनावका लागि नामाङ्कन दर्ता गर्ने अन्तिम मिति २५ अक्टोबर रहेको छ। नामाङ्कन पत्रको जाँच २८ अक्टोबरमा हुनेछ भने नामाङ्कन फिर्ता लिने अन्तिम मिति ३० अक्टोबर रहेको छ। उपचुनाउ १३ नोभेम्बरमा हुनेछ।
उपचुनाउलाई लिएर राजनीतिक दलहरूले तयारी कार्य पनि शुरु गरेका छन्। आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टी संसदीय बोर्डको प्रारम्भिक सभा आज आयोजन भयो। संसदीय बोर्डका अध्यक्ष कुङ्गा निमा लेप्चाको अध्यक्षतामा देवराली गान्तोकमा सम्पन्न सभामा सदस्यहरू सोनाम लामा, अरुण कुमार उप्रेती, भोजराज राई र नरबहादुर दाहाल उपस्थित थिए।
आजको सभाले सोरेङ–च्याखुङ र नाम्ची–सिंघिथाङ विधानसभा क्षेत्रमा आसन्न उपचुनाउका लागि सम्भावित उम्मेदवारका बारेमा प्रारम्भिक छलफल भएको बताइएको छ। संसदीय बोर्डको सभामा कार्यकर्ताबाट आएका सुझावका आधारमा पार्टीको रणनीति पनि तयार पारिएको बताइएको छ। समितिले चाँडै नै पार्टी अध्यक्षलाई आफ्नो प्रतिवेदन बुझाउने र पार्टीको आधिकारिक उम्मेदवारको नाम चाँडै घोषणा गरिने जनाइएको छ। संसदीय बोर्डको सभाले पार्टीका सबै कार्यकर्तालाई आधिकारिक उम्मेदवार घोषणा नहुञ्जेलसम्म संयमित रहन आग्रह गर्दै पार्टीको निर्णयलाई सर्वसम्मत समर्थन गर्न अपील पनि गरेको पार्टी प्रवक्ता कविता सापकोटाद्वारा जारी गरिएको एक प्रेस विज्ञप्तिमा जनाईएको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह