उपचुनाउलाई लिएर नाम्ची जिल्लापालले गरिन् समन्वय सभा

गान्तोक, १६ अक्टोबर: आगामी विधानसभा उपचुनाउलाई नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङको अध्यक्षतामा नाम्चीमा सभा आयोजित भएको छ। जिल्ला प्रशासनिक कार्यालय नाम्चीमा आयोजित सभामा नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रको उपचुनाउसंग सम्बन्धित विषयहरूमा छलफल गरिएको आईपीआर विभागले जनाएको छ।
हिजो चुनाउ आयोगले उपचुनाउका लागि मिती घोषणा गरेपछि आयोजित जिल्ला प्रशासनको पहिलो सभामा एसपी डाक्टर टिएन ग्याछो, एडिसी, एसडीएम लगायत सम्बन्धित अधिकारीहरू सहभागी थिए। सभामा जिल्लापाल अनुपा तामलिङले नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रमा उपचुनाउको घोषणासंगै नाम्ची जिल्लाभरी आदर्श आचार संहिता लागू भएको अवगत गराइन्।
उपचुनाउलाई लिएर नाम्ची उच्चतर माध्यमिक विद्यालयमा स्ट्रङ रुम बनाइएको जिल्लापालले जानकारी दिएकी छिन्। उनले बताएअनुसार नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रमा उपचुनाउका लागि कुल १९ पोलिङ स्टेशन बनाइनेछ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह