मगन: साङ्कालाङस्थित 180 फिट लामो बेली पुल भत्किँए पछि यातायातका लागि सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। उत्तर सिक्किमको यातायात सुचारु राख्न सीमा सडक संगठनले मगन पुलिस अधिक्षकलाई पत्रचार गरेर वैकल्पिक मार्ग प्रयोग गराउन आग्रह गरेको छ।
साङ्कालाङको पुल भत्किँए पछि चुङथाङ जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। साथै, नागा र टुङ बीचमा निर्माणाधीन अस्थायी सडक हालको अवस्थामा सवारी साधन सञ्चालन गर्न उपयुक्त नभएको र यात्रुहरूका लागि जोखिमपूर्ण रहेका कारण वैकल्पिक मार्ग प्रयोग गर्न अनिवार्य रहेको छ।
यस परिस्थितिलाई मध्यनजर गर्दै, सबै सवारी साधनहरूलाई डिक्चु-फिदाङ-साङ्कलाङ-टूङ मार्ग हुँदै चुङगथाङ जान अनुरोध गरिएको छ, जसले दुर्घटनाबाट जोगिन सहयोग गर्नेछ।
सीमा सडक संगठनको 107 आरसीसीका अधिकृत कमान्डिङ मेजर आरएल तेवतियाले तत्काल आवश्यक कदम चाल्न र सुरक्षित यातायात सुनिश्चित गर्न मगन पुलिसलाई अपील गरेका हुन्।





