गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तमाङको अध्यक्षतामा बिहिबार चिन्तन भवनमा सिक्किम राज्य उच्चस्तरीय समितिको (SSHLC) चौथो तथा अन्तिम बैठक सम्पन्न भयो। बैठकमा सिक्किमका १२ छुटेका जातिहरूलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्ने विषयमा छलफल गरियो।
मुख्यमन्त्रीले डिसेम्बर २०२४ मा शरु भएको प्रक्रिया अब पूरा भएको घोषणा गर्दै, प्रतिवेदन तयार पार्न सहयोग पुर्याउने समिति सदस्य, अनुसन्धानकर्ताहरू र समुदायलाई धन्यवाद दिए।
समितिका अध्यक्ष प्रा. बी.भी. शर्मा र उपाध्यक्ष प्रा. महेन्द्र पी. लामा द्वारा अन्तिम प्रतिवेदन प्रस्तुत गरियो, जसमा ऐतिहासिक, कानुनी र सामाजिक पक्षहरू समेटिएको छ। प्रतिवेदन विभिन्न क्षेत्रका विशेषज्ञहरूले तयार पारेका हुन्।
समितिको अन्तिम बैठकमा मन्त्रीहरू, सांसदहरू, अनुसन्धानकर्ता र १२ जातिहरूका प्रतिनिधिहरू उपस्थित थिए। सहभागी प्रतिनिधिहरूले आफ्नो प्रतिक्रिया प्रस्तुत गरेका थिए।





