बीआरओले पुनर्निर्माण गऱ्यो फीक्योङ पुल

गान्तोक: बोर्डर रोड्स अर्गनाइजेसन (बीआरओ) ले 20 फरवरीका दिन भत्किएको फीक्योङ पुल पुनर्निर्माण गरेको छ। बीआरओले फीक्योङमा 60 फिट लामो बेली पुल निर्माण गरेर उत्तर सिक्किमसँगको सम्पर्क पुनः स्थापित गरेको…

रिनाकमा जनभेट कार्यक्रमको आज अन्तिम दिन

गान्तोक: रिनाक निर्वाचन क्षेत्रको तीन दिनको जनभेट कार्यक्रमको आज अन्तिम दिन मुख्यमन्त्री पीएस गोलेले अम्बा गौशालामा विभिन्न ग्राम पञ्चायत क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। रिनाक निर्वाचन क्षेत्रको अम्बा, ताजा…

सय वर्ष पुगेका तुलाराम उप्रेतीको निधन, राजकिय सम्मानसाथ अन्तिम संस्कार गरिने

गान्तोक: सिक्किमका वरिष्ठ नागरिक तथा कृषि क्षेत्रमा पद्मश्री पुरस्कार प्राप्त गरेका तुलाराम उप्रेतीको 100 वर्षको उमेरमा निधन भएको छ। पूर्व सिक्किमको आसामलिङ्जे निवासी तुलाराम उप्रेतीको हिजो शनिवार निजी निवासमा निधन…

मुख्यमन्त्रीले शुरु गरे 2025 को पहिलो जनभेट कार्यक्रम

पाकिम: रिनाक निर्वाचन क्षेत्रको विधायक चुनिए पछि सिक्किमका मुख्यमन्त्री पीएस गोलेले आज आइतबार देखि तीन दिनको रिनाक भ्रमण शुरु गरे। यस तीन दिनको भ्रमण अवधिमा उनले निर्वाचन क्षेत्रका जनतासँग प्रत्यक्ष…

जङ्गुमा फीक्योङको पुल भत्कियो: वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

मगन: उत्तर सिक्किमको जङ्गुमा फिदाङ गाउँ नजिक रहेको फीक्योङको पुल क्षतिग्रस्त भएको छ। पुल असुरक्षित बनेपछि क्षेत्रको यातायातमा अवरोध उत्पन्न भएको छ। यो पुल क्षेत्रकै पुरानोमध्ये एउटा पुल हो जो…

तीनवटा सम्पतिलाई लियो सिक्किम ब्याङ्कले आफ्नो अधिनमा

गान्तोक: स्टेट ब्याङ्क अफ सिक्किमबाट लिएको ऋण निर्धारित समयमा फिर्ता नगरेपछि गान्तोक जिल्ला अन्तर्गत तीनवटा प्रोपर्टीलाई ब्याङ्कले आफ्नो अधीनमा लिएको छ। प्रमाण-पत्र अधिकारी, गान्तोकद्वारा जारी आदेश अनुसार ब्याङ्कले आज यी…

पर्यटन मन्त्रीद्वारा अष्टचिरञ्जीवी धाम निर्माण परियोजनाको निरिक्षण

नामथाङ: पर्यटन तथा नागरिक उड्डयन विभागका मन्त्री टीटी भोटियाले नामथाङ रातेपानी क्षेत्रका पर्यटन आयोजनाहरू निर्धारित समयभित्रै सम्पन्न गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्। मन्त्री भोटियाले बुधवार क्षेत्रका विधायक सञ्जित खरेल,…

भारी हिमपातका कारण नाथुला पास जाने मार्ग अवरुद्ध

गान्तोक: भारतिय मौसम विभाग (IMD) ले आज सिक्किमका केही स्थानहरूमा बाक्लो कुहिरो लाग्ने र उच्च पहाडी भेगहरूमा भारी हिमपात हुने पूर्वानुमान गरेको छ। पहाडी इलाकामा हिमपात कारण चिसो अत्यधिक बढेको…

जनजाति मुद्दाः उच्चस्तरीय समितिले 31 मार्चभित्र सरकारलाई रिपोर्ट दिनेछ

गान्तोकः सिक्किममा जनजाति बन्नबाट छुटेका 12 जाति समुदायको छाता सङ्गठनले आज मङ्गलबार गान्तोकमा पत्रकार सम्मेलन आयोजन गरेर जनजाति प्रक्रिया पूरा गर्नका लागि भइरहेका प्रगति बारे जानकारी गराएको छ। पत्रकार सम्मेलनलाई…

अप्पर रिब्दीको जङ्गल क्षेत्रमा भेटियो मृत भ्रूण

गान्तोक: सरेङ जिल्लाको अप्पर रिब्दी नजिकको जङ्गल क्षेत्रमा करिब १० देखि १२ दिनको जस्तो देखिने मृत भ्रूण फेला परेको छ। स्थानीय महिलाले आफ्नो घर नजिकै भ्रूण देखेपछि तत्कालै गाउँको पञ्चायतलाई…