गान्तोक : भारत र चीनले बुधबार ६ बुँदे सम्झौतामा हस्ताक्षर गरेर सम्बन्ध सुधारको दिशामा महत्वपूर्ण कदम चालेका छन् । धेरै राष्ट्रिय मिडिया रिपोर्टहरू अनुसार सम्झौतामा कैलाश मानसरोवर यात्राको पुन: थालनी, नाथुला सीमा व्यापार, र सीमापार नदी सहयोग जस्ता महत्त्वपूर्ण विषय समावेश छन् ।
राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङमा २३ औं चरणको विशेष प्रतिनिधि (एसआर) वार्ताका क्रममा भएको भेटपछि यो विकास भएको हो। पाँच वर्षको अन्तरालपछि भएको उक्त वार्ताले द्विपक्षीय सम्बन्ध सुधार गर्ने प्रयास भएको संकेत गरेको छ ।
“२०२० मा भारत-चीन सीमा क्षेत्रहरूको पश्चिमी क्षेत्रहरूमा संघर्ष देखा भएपछि विशेष प्रतिनिधिको यो पहिलो बैठक थियो। विदेश मन्त्रालयका अनुसार यस बैठकमा अक्टोबर २०२४ को पछिल्लो विच्छेदन सम्झौताको कार्यान्वयनलाई सकारात्मक रूपमा पुष्टि गऱ्यो जसको परिणामस्वरूप सम्बन्धित क्षेत्रहरूमा गस्ती र चलन बढेको थियो।
सीमापार आदानप्रदान र सहयोगलाई सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो । मन्त्रालयले भनेको छ, “दुई पक्षहरू सीमापार आदानप्रदान र सहयोगलाई सुदृढ गर्न जारी राख्न र तिब्बत, चीन क्षेत्रमा भारतीय तिर्थयात्री, सीमापार नदी सहयोग र नाथुला सीमा व्यापार पुन: शुरु प्रवर्द्धन गर्न सहमत भए।”
पूर्वोत्तर परिषद्को बैठक : मुख्यमन्त्री गोलेले सिक्किमका मुख्य मुद्दाहरूमाथि पारे प्रकाश
गान्तोक: पूर्वोत्तर परिषद् (नर्थ-इष्टर्न काउन्सिल)- को 72औं पूर्ण बैठक शनिवार केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा त्रिपुराको अगरतलामा सम्पन्न भयो। उक्त बैठकमा सिक्किमको प्रतिनिधित्व गर्दै राज्यपाल ओमप्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ…