एसकेएम 13औं स्थापना दिवसमा मुख्यमन्त्री गोले रिनाकको कार्यक्रममा सहभागी

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले 13औं स्थापना दिवस यस वर्ष निर्वाचन क्षेत्रस्तरमा पालन गरिरहेको छ। 31 वटै निर्वाचन क्षेत्रमा पार्टीले आयोजना गरिरहेको स्थानमा दिलस समारोहलाई सम्बन्धित क्षेत्र विधायकले नेतृत्व गरिरहेका छन्।
पार्टीको 13औं स्थापना दिवसको अवसरमा एसकेएम पार्टीका अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोले रिनाक निर्वाचन क्षेत्रको पाचेखानी अन्तर्गत बेङ्थाङ टारमा आयोजना गरिएको समारोहमा सहभागी बनेका छन्। गत विधानसभा चुनाउमा रिनाकको विधायकका रुपमा निर्वाचित बनेपछि क्षेत्रमा पहिलो पल्ट सार्वजनिक समारोहमा भाग लिन रिनाक क्षेत्रमा पुगेका मुख्यमन्त्री पीएस गोलेलाई स्थानीय युवाहरूले बेङ्थाङ टारमा भव्य स्वागत जनाए।
समारोह स्थलमा स्वागतसंगै मुख्यमन्त्री पीएस गोलेले पार्टीको झण्डा उत्तोलन, द्वीप प्रज्वलन साथै केक काटेर एसकेएम 13औं गान्तोक: स्थापना दिवसको कार्यक्रम शुभारम्भ गरे। रिनाक निर्वाचन क्षेत्रस्तरीय समारोहमा पूर्व विधायक विष्णु कुमार खतिवडा विशिष्ट अतिथि रहेका छन्।
समारोमा रिनाक निर्वाचन क्षेत्र भित्रबाट एसकेएम पार्टीको विभिन्न समितिमा रहेका पदाधिकारी, स्थानीय जिल्ला तथा ग्राम पञ्चायत अनि पार्टी समर्थकको बाक्लो उपस्थिती रहेको छ। पार्टीको विभिन्न कार्यक्रम पछि रिनाकको समारोहलाई मुख्यमन्त्री पीएस गोलेले सम्बोधन गर्नेछन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह