सिलगढी: सिक्किमका मुख्यमन्त्री पीएस ले शुक्रबार बिहान सिलगढीमा केन्द्रिय गृहमन्त्री अमित शाहसँग भेट गरेका छन्। सिलगढीको एक होटलमा स्वागत गरे।
गृहमन्त्री शाह शुक्रबार मध्यरातमा सिलगढी आइपुगेका थिए, जबकि उनी शुक्रबार सिलगढीको रानीडांगामा सशस्त्र सीमा बल (एसएसबी) को ६१ औं स्थापना दिवसमा सहभागी हुने कार्यक्रम छ। यसै क्रममा मुख्यमन्त्रीले अमित शाहसँग भेट गरेर उनलाई स्वागत जनाएका हुन्।
गृहमन्त्री अमित शाहसँग भेट गरेका मुख्यमन्त्री पीएस गोलेले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “भारतका गृहमन्त्री अमित शाह र मेडम सोनल शाहलाई आज बिहानै सिलगढीको भ्रमणको क्रममा स्वागत गर्न पाउनु सम्मानको कुरा हो।”
“अन्तरक्रिया न्यानो र यादगार रह्यो। मैले उनीहरूको स्वास्थ्य र भलाइक बारेमा सोधपुछ गर्ने मौका पाएको थिएँ। बैठक सौहार्दता, न्यानोपन र पारस्परिक सम्मानको भावनाले ओतप्रोत थियो यसलाई वास्तवमै विशेष अवसर बनाइयो। म उहाँहरूलाई हाम्रो क्षेत्रको बसाई राम्रो रहोस् भन्ने कामना गर्दछु, ” मुख्यमन्त्रीले थप भनेका छन्।





