नाम्ची, एसएपी, दरामदिन र एवेञ्जर्स पुगे हिल्स ओपन भलिबलको सेमी फाइनलमा

गान्तोक, ३१ अगस्त: पुरुष वर्गको निम्ति आयोजन गरिएको हिल्स खुला भलिबल प्रतियोगिताबाट चारवटा दल सेमिफाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिताको क्वार्टर फाइनल आज आरिगाउँ संस्कृत पाठशालाको खेल मैदानमा सम्पन्न भयो। यस अवसरमा सिक्किम राज्य ब्याङ्क (एसबीएस) का अध्यक्ष डीबी गुरुङ मुख्य अतिथि थिए।

आफ्नो छोटो सम्बोधनमा मुख्यअतिथि डीबी गुरुङले समाज, राज्य र राष्ट्र निर्माणमा शिक्षित अनि अनुभवी व्यक्तित्वहरूको आवश्यकता रहेको बताए। उनले भने राम्रो नेतृत्वको हातमा राज्य वा राष्ट्र पर्यो भने देशको सर्वाङ्गिण विकास सम्भव छ। आरिगाउँ समाजले आफ्नो ४१ वर्षको अन्तरालमा गरेका प्रगति अनि कार्यको प्रशंसा गर्दै उनले भने समाज सही नेतृत्वको हातमा परेको कारण नै आज गाउँमा संस्कृत पाठशाला, पशु चिकित्सा केन्द्र, कृषि अनि बागवानीसँग सम्बन्धित सुविधा केन्द्र यहाँ आइपुगेको छ। उनले आरिगाउँ संस्कृत पाठशालामा ज्ञानार्जन गर्ने हरू आज विद्यावारिधी सम्मको शिक्षार्जन गर्न सक्षम भएको र पाठशाला स्थापना पछिको उद्देश्य राख्ने अग्रज हरूको प्रशंसा गरे। यस अतिरिक्त उनले वर्तमान सरकार कालमा शिक्षा अनि स्वास्थ्य क्षेत्रमा भएका विकास कार्यहरूको बारेमा जानकारी दिए। उनले मुख्यमन्त्री प्रेम सिंह तामाङको नेतृत्वमा सिक्किमले गरेका विकास कार्यहरूमाथि प्रकाश पारे।

आरिगाउँ समाज सुधार मण्डलीको ४१औं स्थापना दिवसको अवसरमा आयोजन गरिएको प्रतियोगिताको क्वार्टर फाइनलमा सिक्किम आर्म पुलिस (एसएपी) ले आरिगाउँ समाज, नाम्ची भलिबल क्लबले एचआरएससी रुङदू, दरामदिन भलिबल क्लबले हिना इंटरप्राइज र सोरेङ च्याखुङको एवेञ्जर्सले सशस्त्र सीमा बल (एसएसबी) बोर्डरलाई पराजित गरेर सेमी फाइनलमा प्रवेश गरेका छन्।
क्वार्टर फाइनलमा सिक्किम राज्य ब्याङ्कका अध्यक्ष डीबी गुरुङ मुख्य अतिथि, भारतीय फूटबल टीमका पूर्व खेलाड़ी विकास जैरू, सिक्किम राज्य ब्याङ्क लेकशेप शाखाका प्रबन्धक रुद्र सुवेदी र याङथाङ ग्राम पञ्चायत एकाईका सभापति सोमनाथ दाहाल विशेष अतिथिका रूपमा उपस्थित थिए।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह