सिक्किमको प्रतिनिधित्व गर्दै याङगाङ पर्यटन विकास समितिले भाग लियो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा

गान्तोकः पर्यटन विकासका लागि आयोजित अन्तराष्ट्रिय युवा सम्मेलनमा सिक्किमको प्रतिनिधित्व गर्दै दक्षिण सिक्किमको याङगाङ पर्टयटन विकास समितिले पाँच दिनको सम्मेलनमा भाग लिएको छ। ओडिसाको सम्बलपुर जिल्ला अन्तर्गत जीएम विश्वविद्यालयमा १४ देखि १८ दिसम्बरमा आयोजित सम्मेलनमा याङगाङ पर्यटन विकास समितिको १० सदस्यीय टोलीले सहभागिता जनाएको थियो। यस प्रतिनिधि टोलीलाई याङगाङ पर्यटन विकास समितिकी अध्यक्ष रञ्जिता गुरुङले अध्यक्षता गरेकी थिइन। पाँच दीवसीय सम्मेलनमा याङ्गाङको टोलीले सिक्किमको संस्कृतिकि, पारम्परकिक खानपान साथै स्थानीय पर्यटनलाई प्रवर्धन गर्ने विभिन्न विषय प्रस्तुत गरेका थिए।

 सम्मेलनमा सातवटा अन्तर्राष्ट्रिय प्रतिनिधि टोली साथै भारतका २२ वटा राज्यबाट पर्यटन विकासका लागि समर्पित युवा टोलीले भाग लिएका थिए। प्रोजेक्ट पोइन्ट ओडिसा, विश्व युवक केन्द्र, लायोन्स इन्ट्रनेशनल, एसबीआई ब्याङ्क, युनियन ब्याङ्क. आईआईएम विश्वविध्यालय तथा अन्य धेरै संस्थानको सहयोगमा आयोजन गरेको गरेको पाँच दिने युवा सम्मेलनलाई ओडिसा राज्यको पर्यटन विभाग अ भारत सरकारको पर्यटन मन्त्रालयको पनि सहयोग रहेको थियो।

सिक्किमलाई प्रतिनिधित्व गरेको टोलीले सम्मेलनमा सिक्किम राझ्य आधारित सास्कृतिक कार्यक्रम साथै राज्य तथा याङ्गाङको पर्यटन विकासका अवधारणलाई प्रस्तुत गरेको थियो। पाँच दिने सम्मेलनको माध्यमबाट स्थानीय पर्यटनलाई प्रचार गर्ने गर्ने हर सम्भव प्रयास गरिएको थियो। यसै सम्मेलनको माध्यमबाट पर्यटन विकासका लागि याङगाङमा राष्ट्रिय स्तरको युवा सम्मेलन आयोजन गर्ने विचार राखिएको थियो जस्लाई सम्मेलनमा सहभागी टोलीहरूले स्वागत जनाएका छन्। याङगाङको समितिले स्थानीय पर्यटन हितधारक तथा सम्बन्धितहरूसँग पर्यटन विकासको लागि पनि विमर्ष र चर्चाहरू आयोजन गरेको थियो।

पाँच दिने सम्मेलमन सिक्किमको पर्यटन लागि फाइदाजनक हुनसक्ने सम्भानना बढेको बताइएको छ। सिक्किमको टोलीलाई यस अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउनका लागि क्षेत्र विधायक तथा विधानसभा उपाध्यक्ष राजकुमारी थापा, प्रोजेक्ट पोइन्टका अध्यक्ष डा. सङ्ग्राम केसरी तथा याङगाङ पर्यटन विकास समितिले सहयोग पुऱ्याएको थियो। सम्मेलनमा भाग लिएको टोलीले सहयोगीहरू तथा सिक्किम सरकारका मुख्यमन्त्री पीएस गोले र पर्यटन विभागप्रति आभार व्यक्त गरेको छ।  यो सम्मेलनलो भविष्यमा सिक्किमलाई फाइदा हुने विश्वास राखिएको याङ्गाङ पर्यटन विकास समितिकी अध्यक्ष रञ्जिता गुरुङले जानकारी दिएकी छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सेनाका नवनियुक्त जीओसीद्वारा मुख्यमन्त्रीसंग भेट

    गान्तोक: भारतीय सेनाको १७औं पर्वतीय खण्डका नवनियुक्त जनरल अफिसर कमान्डिङ (जीओसी) मेजर जनरल एमएस रठौडले सोमबार बिहान सरकारी निवासमा मुख्यमन्त्री पीएस गोलेसंग भेट गरेका छन्। यस भेट अवसरमा मुख्यमन्त्रीले निवर्तमान…

    एसकेएमले मनायो भव्यताका साथ 16औं रोलु दिवस

    गान्तोक : “2024 सोलिड एसकेएम’’-को नारासँगै दोस्रोपल्ट विधानसभामा 32 वटै आसनमा आफ्नो पार्टीका विधायक रहेपछिको पहिलो रोलु दिवस कार्यक्रममा पार्टी अध्यक्ष एवम् राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले)-ले सुनौलो, समृद्ध अनि…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सेनाका नवनियुक्त जीओसीद्वारा मुख्यमन्त्रीसंग भेट

    सेनाका नवनियुक्त जीओसीद्वारा मुख्यमन्त्रीसंग भेट

    सिक्किमको प्रतिनिधित्व गर्दै याङगाङ पर्यटन विकास समितिले भाग लियो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा

    सिक्किमको प्रतिनिधित्व गर्दै याङगाङ पर्यटन विकास समितिले भाग लियो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा

    एसकेएमले मनायो भव्यताका साथ 16औं रोलु दिवस

    एसकेएमले मनायो भव्यताका साथ 16औं रोलु दिवस

    पूर्वोत्तर परिषद्को बैठक : मुख्यमन्त्री गोलेले सिक्किमका मुख्य मुद्दाहरूमाथि पारे प्रकाश

    पूर्वोत्तर परिषद्को बैठक : मुख्यमन्त्री गोलेले सिक्किमका मुख्य मुद्दाहरूमाथि पारे प्रकाश

    गृहमन्त्री अमित शाहसँग भाजपा राज्य अध्यक्ष डीआर थापाको भेट

    गृहमन्त्री अमित शाहसँग भाजपा राज्य अध्यक्ष डीआर थापाको भेट