रम्फूमा प्री क्रिसमस समारोह पालन

गान्तोकः सिक्किमका सम्पूर्ण चर्चहरूको संयुक्त आयोजनमा राज्यस्तरीय प्री क्रिसमस समारोह पालन गरिएको छ। मुख्यमन्त्री पीएस गोलेको मुख्य आतिथ्यमा रम्फू खेलमैदानमा आयोजित समारोहमा सिक्किमको विभिन्न जिल्ला अनि छिमेकी राज्यहरूबाट ईसाइ समुदायको बाक्लो उपस्थिति रहेको थियो।

पास्टर पेम्बा नुरी शेर्पाको स्वागत प्रार्थनाबाट शुरु भएको कार्यक्रममा समारोहमा विभिन्न सांस्कृतिक टोलीले नृत्य, गीत अनि नाटक प्रस्तुत गरेका थिए। प्री क्रिसमस समारहोमा मुख्य आकर्षणका रुपमा आचार्य विकास मेस्सेले ख्रिस्टिय प्रवचन राखेका थिए भने नेपालका ख्यातिप्राप्त गायक कर्णदासले गीत प्रस्तुत गरेका थिए। यस अवसरमा आयोजक पक्षले मुख्यमन्त्री पीएस गोले लगायत अन्य व्यक्तित्वलाई सम्मान जनाए।

प्री क्रिसमस समारोहलाई सम्बेधन गर्नेक्रममा मुख्यमन्त्री पीएस गोलेले सिक्किममा एसकेएम सरकारको गठनपछि सबै धर्म र जातीय समुदायले पर्व र उत्सव राजनीतिक हस्तक्षेप बिना नै पालन गर्ने स्वतन्त्रता पाएको बताए। उनले उपस्थित मानिसहरूलाई प्रभु ईसुको जीवनबाट प्रेरणा लिएर समाजको भलाइका काममा समर्पित हुन आग्रह गरेका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह