पूर्वोत्तर परिषद्को बैठक : मुख्यमन्त्री गोलेले सिक्किमका मुख्य मुद्दाहरूमाथि पारे प्रकाश

गान्तोक: पूर्वोत्तर परिषद् (नर्थ-इष्टर्न काउन्सिल)- को 72औं पूर्ण बैठक शनिवार केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा त्रिपुराको अगरतलामा सम्पन्न भयो। उक्त बैठकमा सिक्किमको प्रतिनिधित्व गर्दै राज्यपाल ओमप्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ गोले, मुख्य सचिव, मुख्यमन्त्री कार्यालयका सचिव एवम् विभागीय सचिवहरूले भाग लिएका थिए।
बैठकमा बोल्दै मुख्यमन्त्री पीएस गोलेले क्षेत्रीय विकास र सहकार्यलाई अगाडि बढाउने उद्देश्य तथा प्रस्तावित पहलहरूबारे प्रकाश पारे। केन्द्रीय बजेट 2024-25 र गृह मन्त्रीको समर्थनका लागि कृतज्ञता व्यक्त गर्दै मुख्यमन्त्री गोलेले विकसित भारत-2047 को सामूहिक दृष्टिकोणमाथि जोर दिए। उनले राज्यको अर्थतन्त्रका लागि महत्त्वपूर्ण क्षेत्रको रूपमा पर्यटन र एमएसएमई -को महत्त्वलाई पनि हाइलाइट गरे, केन्द्र सरकारसमक्ष प्रस्तावित NEC पायलट परियोजना मार्फत् पर्यटन पूर्वाधारलाई बलियो बनाउन र उद्यमशीलतालाई प्राथमिकता दिन पनि आग्रह गरे।
सम्बोधनको क्रममा मुख्यमन्त्रीले सिक्किम हुँदै कैलाश मानसरोवर यात्रा मार्ग पुन: खोलिनुपर्ने र नेपालको सीमामा रहेको चिवा भञ्ज्याङमा चेकपोस्ट अनि एउटा मल्टिमोडल करिडोरको स्थापनाको प्रस्ताव पनि बैठकमा राखे।
यसैबिच, टिस्टा बाढी र रेल परियोजनामा ढिल्याइँको कारणले राष्ट्रिय राजमार्ग 10 -मा आइरहेको अवरोधबारे जानकारी दिँदै यसको तत्काल समाधानमाथि आग्रह गरे। कनेक्टिभिटीलाई पुनर्स्थापना गर्न, आर्थिक नोक्सान कम गर्न तत्काल कार्वाहीतर्फ पनि उनले केन्द्र सरकारको ध्यानाकर्षण गराए। यसैगरी, उडान सेवाहरू सुनिश्चित गर्न संरचनात्मक सुधारको साथसाथै पाक्योङ विमानस्थलमा सबै मौसम सञ्चालनको आवश्यकतामाथि पनि तिनले जोर दिए।
आउँदो वर्ष 2025 –को 16 मई, सिक्किमको ५०औँ राज्य स्थापनाको वार्षिकोत्सव मनाइने योजनाबारे पनि बैठकमा मुख्यमन्त्रीले जानकारी गराए।
उक्त बैठकमा केन्द्रीय गृहमन्त्री, सिक्किमबाहेक पूर्वोत्तर परिषदका सदस्य राज्यहरूका राज्यपालहरू, मुख्यमन्त्रीहरू, उत्तरपूर्वी क्षेत्र विकास मन्त्रालयका भारप्राप्त मन्त्री, पूर्वोत्तर परिषदका अधिकारीहरू अनि केन्द्र र राज्य सरकारका प्रतिनिधिहरू आदिको उपस्थिति थियो।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह