सिक्किम सरकारले गऱ्यो प्रशासनीक सीमाहरू फ्रिज

गान्तोक: सिक्किम सरकारले आगामी जनगणना अघि प्रशासनिक सीमाहरू फ्रिज गरेको छ। सरकारको गृह विभागले हालै एउटा अधिसूचना जारी गरेर सिक्किममा आगामी जनगणना पूरा नभएसम्म १ जनवरी २०२५ देखि लागू हुनेगरी जिल्लाहरू, महकुमा क्षेत्र, राजस्व ब्लक/गाउँहरू, फरेस्ट ब्लकहरू, टाउन र अन्य क्षेत्रहरूको प्रशासनिक सीमाहरू फ्रिज गरिने घोषणा गरेको छ।

जनगणना ऐन, १९४८ र गृह मन्त्रालयका उपमहानिर्देशकको पत्र बमोजिम गरिएको यो निर्णयले जनगणनाको समयमा सही र प्रभावकारी तथ्याङ्क सङ्कलन सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

सबै सम्बन्धित विभागहरू र जिल्ला प्रशासनहरूलाई १ जनवरी, २०२० र ३१ डिसम्बर २०२४ बीच कुनै पनि क्षेत्राधिकार परिवर्तनको सम्बन्धमा जनगणना सञ्चालन निर्देशनालय, सिक्किमसँग सम्पर्क गर्न गृह विभागले निर्देशन पनि दिइएको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह