गान्तोक : सिक्किमका साहित्यकार युवा बरालको छिचिमिरा कथा सङ्ग्रहले २०२४-को साहित्य अकादमी पुरस्कार प्राप्त गर्ने भएको छ।
साहित्य अकादमी पुरस्कार भारतको एक प्रतिष्ठित साहित्यिक सम्मान हो। यसलाई भारतको राष्ट्रिय साहित्यिक संस्था, साहित्य अकादमीले प्रत्येक वर्ष भारतीय संविधानको आठौँ अनुसूचीमा रहेका २२ भाषाहरूका साथै अङ्ग्रेजी र राजस्थानी भाषामा प्रकाशित उत्कृष्ट साहित्यिक कृतिहरूका लेखकहरूलाई प्रदान गर्ने गर्छ।
नेपाली भाषामा सिक्किमका साहित्यकार युवा बरालले उक्त पुरस्कार पाउने भएका छन्। उनको कृति छिचिमिरा (कथा सङ्ग्रह)-लाई यो पुरस्कार प्रदान गरिने भएको छ।
साहित्य अकादमी पुरस्कारका लागि पुस्तकहरू भाषा विशेषका तीन सदस्यीय जुरीद्वारा पारित प्रक्रियाका आधारमा चयन गरिन्छ। उक्त प्रक्रियाअनुसार, कार्यकारी बोर्डले जुरीहरूद्वारा गरिएका सर्वसम्मत चयनहरू वा बहुमत मतदानबाट चयन गरिएका निर्णयहरूका आधारमा पुरस्कारहरू घोषणा गर्छ।
पुरस्कार ८ मार्च २०२५ मा नयाँ दिल्लीमा हुने पुरस्कार वितरण समारोहमा प्रदान गरिनेछ।
सेनाका नवनियुक्त जीओसीद्वारा मुख्यमन्त्रीसंग भेट
गान्तोक: भारतीय सेनाको १७औं पर्वतीय खण्डका नवनियुक्त जनरल अफिसर कमान्डिङ (जीओसी) मेजर जनरल एमएस रठौडले सोमबार बिहान सरकारी निवासमा मुख्यमन्त्री पीएस गोलेसंग भेट गरेका छन्। यस भेट अवसरमा मुख्यमन्त्रीले निवर्तमान…