मुख्यमन्त्रीद्वारा एनपीएचसीई पहलको शुभारम्भ

गान्तोकः मुख्यमन्त्री पीएस गोलेले नेशनल प्रोग्राम फर हेल्थ केयर अफ द एल्डरली (एनपीएचसीई) पहलको शुभारम्भ गरेका छन्। शनिबार बिहान मिन्तोगाङमा सिक्किम सरकारको स्वास्थ्य बिभागका मन्त्री जीटी ढुङ्गेको उपस्थितिमा शुरु गरिएको यस कार्यक्रमले ज्येष्ठ नागरिक र सेवानिवृत्त व्यक्तिहरूलाई सुलभ, किफायती र उच्च गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

पहलका मुख्य विशेषताहरूमा एसटीएनएम अस्पताल र जिल्ला अस्पतालहरूमा समर्पित जेरियाट्रिक वार्डहरू, जेरियाट्रिक र सेवानिवृत्त बिरामीहरूको लागि विशेष ओपीडीहरू र चश्मा, श्रवण उपकरणहरू साथै ह्वीलचेयरहरू जस्ता चिकित्सा उपकरणहरूको वितरण समावेश छ।

कार्यक्रमले क्षमता निर्माण, स्वास्थ्य सेवा पेशेवरहरूलाई प्रशिक्षण र सामुदायिक संलग्नता गतिविधिहरूमा पनि केन्द्रित गर्दछ। यस पहलमा सिक्किमले राज्यका वृद्ध र सेवानिवृत्त जनसङ्ख्याका लागि स्वस्थ, सुखी र सन्तुष्ट जीवन यापन सुनिश्चित गर्न ठूलो फड्को लिने विश्वास राखिएको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह