लाचुङमा जोम्सा उन्मूलनको मागपछि आयोजित सार्वजनिक सभा झगड़ामा परिणत

मङ्गन : उत्तर सिक्किमको लाचुङको जोम्सा प्रणाली उन्मूलन गर्नुपर्ने माग उठेपछि छलफलका लागि आयोजित सार्वजनिक सभा झगडामा परिणत भएको छ। मगन पुलिसले दिएको जानकारीअनुसार १२ दिसम्बर बिहीवारको दिन लाचुङको थोम्ची खेल मैदानमा आयोजित जनसभामा चर्को झगडा भएपछि लाचुङ पुलिस चौकीमा दुई छुट्टाछुट्टै मुद्दा दर्ता भएको छ ।  लगभग २५० जना स्थानी बासिन्दाको सहभागिता रहेको उक्त बैठकलाई पिपन पेमा वाङ्दी लाचुङ्पा र दोर्जी छेवाङ लाचुङ्पाले २१ जुलाई २०२४ मा मङ्गनको जिल्लापाललाई परम्परागत जोम्सा प्रणालीको उन्मूलनको माग गर्दै बुझाएको ज्ञापनपत्रमा छलफल गर्न आयोजन गरेका थिए।

पहिलो मुद्दामा लाचुङ पुलिसले बीएनएस ऐन २०२३ को धारा ११७(२) र ३(५) अन्तर्गत आरोपित व्यक्ति डाम्डी लाचुङ्पा र अन्य सात जना विरुद्ध एफआईआर दर्ता गरेको छ। जनसभाका क्रममा उजुरीकर्ता र उनका भाइ कुन्दुप दोर्जी लाचुङ्पाको जोम्सा सदस्यहरूसँग चर्को झगडा भएको थियो, जसको परिणामस्वरूप अभियुक्त पक्षले उनीहरूलाई कुटपिट गरेको उजुरीमा आरोप छ।  उजुरीकर्ता र कुन्दुप दुवै घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल मङ्गन पठाइएको छ । पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ ।

यसै घटनालाई लिएर पुलिसले दोस्रो मुद्दा पेमा वाङ्गे लाचुङ्पा र कुन्दुप दोर्जी लाचुङ्पा विरुद्ध बीएनएस ऐन २०२३ को धारा ३(५) सहित धारा २७० र १२५ अन्तर्गत उजुरी दर्ता गरेको छ। सोही जनसभामा सहभागीहरूले जोम्सा उन्मूलनको माग गर्दै ज्ञापनपत्रमा हस्ताक्षर गर्नेहरूको पहिचान गर्न खोज्दा तनाव बढेको पुलिसलेले जनाएको छ । सभाका क्रममा आरोपित व्यक्ति कुन्दुप दोर्जी लाचुङपाले कथित रूपमा धारिलो हतियार (खुकुरी) देखाएर उपस्थित मानिसहरूलाई धम्की दिएर अशान्ति मच्चाएका थिए। यस क्रममा कुनै पनि भौतिक क्षति नभए पनि घटनाले उपस्थित मानिसहरू माझ ठूलो डर पैदा गराएको थियो। लाचुङको यस घटनापछि पुलिसले घटनास्थलको निरीक्षण गरी दुवै घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

जोम्सा उत्तर सिक्किमको लाचेन र लाचुङ गाउँहरूमा रहेको परम्परागत स्वशासन प्रणाली हो। १९औं शताब्दीको प्रारम्भमा स्थानीय समुदायहरूमा सुव्यवस्था र एकता ल्याउन यसको स्थापना भएको थियो। जोम्सा प्रणालीको नेतृत्व पिपन नामक प्रमुखले गर्दछन। विवादहरू समाधान गर्न र लोकतान्त्रिक रूपमा गाउँका मामिलाहरूको निरीक्षण गर्न स्थानीय मानिसहरूले पिपनको चुनाउ गर्छन्। यो अद्वितीय शासन प्रणाली आज पनि उत्तर सिक्किमको लाचुङ र लाचेनमा व्यवहारमा छ।

 

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह