नयाँ दिल्ली: दार्जिलिङका लोकसभा सांसद राजु विष्टले उत्तर बंगालमा अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (AIIMS) को आवश्यकतालाई उजागर गर्दै आज संसदमा एउटा जरुरी मुद्दा उठाए।
उनले यस क्षेत्रका २.५ करोड जनसङ्ख्या स्वास्थ्य सेवाको चर्को अभावबाट ग्रस्त रहेको, बजेट अभाव र कर्मचारी अभावमा सरकारी अस्पतालमा आधारभूत स्वास्थ्य सुविधा नभएकोमा कुरामा जोड दिए ।
विष्टले ‘आयुष्मान भारत’ योजना लागू गर्न पश्चिम बंगाल सरकारको असफलताले यस क्षेत्रमा स्वास्थ्य असमानतालाई बढाएको बताए।
उनले सिलगढीलाई AIIMS उत्तर बङ्गालको केन्द्रिय स्थान र कनेक्टिविटीको लागि आदर्श स्थानको रूपमा सिफारिस गरेका छन्। सिलगढीमा एम्सको स्थापनाले उत्तर बंगाल र वरपरका क्षेत्रका मानिसहरूलाई राहत दिने उनको भनाई छ।