सिरवानीमा बनियो ५५ मिटर लामो बेलीब्रिज

गान्तोक, १२ दिसम्बर: पूर्व सिक्किमको सिङताम बजारदेखि लगभग तीन किलोमीटर उत्तर तर्फ सिरवानीमा टिस्टा नदी पार गर्नका लागि एनएचपीसीद्वारा निर्माण गरिएको ५५ मिटर लामो बेलीब्रिज आज सडक एवं पुल विभागका मन्त्री एनबी दाहालले उद्घाटन गरे।
४ अक्टोबर २०२३ को टिस्टा बाडले यहाँको पुरानो एलडी काजी पुल बगाएपछि केही समय सिरवानीबाट पूर्व र दक्षिण सिक्किमको यातायात ठप्प भएको थियो भने पछिबाट एनएचपीसीले निर्माण गर्दै गरेको ब्यारेजबाट वाहन आवागमन सुचारु गरिएको थियो।
पहिला लेनको अनि पछिबाट एनएचपीसीले अधिग्रहण गरेको पन बिजुली परियोजना -६ प्रोजेक्टको ब्यारेजबाट सार्वजनिक वाहन आवागमनले कार्य सञ्चालनमा बाधा भएपछि एनएचपीसीले २५ मेट्रिक टन क्षमता भएको अस्थायी बेलीब्रिज निर्माण गरेको छ जसबाट आगामी दुई वर्ष आवागमन सुचारु रहने एनएचपीसीका अधिकारीहरूले जानकारी दिएका छन्।

यस स्थानमा सिक्किम सरकारले पनि पुल बनाउने योजना रहेकाले दुई वर्ष बेलीब्रिज चलाइने र यसपछि पनि नयाँ पुल निर्माण पुरा नभए अन्य उपाय अपनाइने बताइएको छ।
नयाँ बेलीब्रिजको उद्घाटन पछि मन्त्री एनबी दाहालले पुल बनाउने एनएचपीसी र निर्माण कार्यमा सहयोगी जयप्रकाश कम्पनीप्रति सरकारको पक्षबाट आभार व्यक्त गरे साथै नागरिक र चालकहरूलाई पुल सञ्चालनका निर्देशहरूलाई पालन गर्न आग्रह पनि गरेका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह