पूर्वोत्तर क्षेत्रकै पहिलो पाँच तारे अल्ट्रा डिलक्स रिसोर्ट बन्दैछ सिक्किममा

गान्तोक, ११ दिसम्बर: सिक्किम राज्यमा पूर्वोत्तर क्षेत्रकै पहिलो पाँच तारे अल्ट्रा लक्जरी डिलक्स होटल निर्माण शुरु भएको छ। आगामी २०२७ देखि सञ्चालनमा ल्याउने लक्ष्यका साथ यसको निर्माण प्रक्रिया पनि द्रुत गतिमा अगाडि बढिरहेको छ। गान्तोक शहरदेखि लगभग १५ किलोमीटर दूरीमा रहेक कञ्चनजङ्घा टुरिष्ट भिल्ला (KTV) को रूपान्तरणको अगुवाइ गर्दै सिबिन समूह सिक्किमले उत्तर-पूर्वी भारतको पहिलो अल्ट्रा-लक्जरी वेलनेस-केन्द्रित पाँच-तारे डिलक्स रिसोर्ट निर्माण गरिरहेको छ।
एसडीएफ सरकारको कार्यकालमा एक पर्यटक भिला र मनोरञ्जन पार्क को रूप मा स्थापित, कञ्चनजङ्घा टुरिस्ट भिल्ला अथवा KTV २०१५ देखि निष्क्रिय थियो। SIBIN समूह ले २०१९ मा साइट लीज र विकासको लागि सरकारले निकालेको टेण्डर जित्यो र यो परियोजनालाई मूर्त रूप दिन प्रतिष्ठित लिला समूहसंगको सहकार्यमा निर्माण कार्य सञ्चालन गरिरहेको छ।
२५० करोड रुपियाँ भन्दा बढी लगानीको महत्वाकांक्षी परियोजनामा ​​सिक्किमको स्थानीय जडिबुटी र औषधिको समावेशमा यो पाँच तारे अल्ट्रा लक्जरी डिलक्स रिसोर्टलाई वेलनेस रिसोर्ट बनाउने लक्ष्य राखिएको बताइएको छ। यसमा २० वटा भिल्ला सहितका १४० कोठा र विभिन्न स्वास्थ्य सुविधाहरू हुनेछन्। यो रिसोर्ट २०२६ सम्म पूरा हुने र २०२७ सम्ममा सञ्चालन सुरु हुने अपेक्षा गरिएको छ, जसले सिक्किमको पर्यटन उद्योगलाई वृद्धि गर्नेछ।
सिबिन समूहका सीईओ तेन्जिङ प्रधानले मुख्यमन्त्री प्रेम सिंह तामाङको नेतृत्वमा रहेको वर्तमान सरकारको सिक्किमलाई प्रमुख पर्यटन हबको रूपमा स्थापित गर्ने दृष्टिकोणसँग यस रिसोर्टको विकास भइरहेको कुरामा जोड दिए। परियोजनाद्वारा स्थानीयहरूका लागि रोजगारीका अवसरहरू र युवा पेशेवरहरूलाई देशभित्र र अन्तर्राष्ट्रिय अवसरहरूमा पहुँच दिन सक्षम बनाउने साथै यस क्षेत्रको आर्थिक विकासमा रिसोर्टले सकारात्मक प्रभाव पार्ने सिईओ प्रधानले बताएका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह