शुरु भयो हर्नबिल फेस्टिभल २०२४

कोहिमा, २ दिसम्बर : नागाल्याण्ड राज्यको महापर्व “हर्नबिल फेस्टिवल २०२४” आइबारदेखि शुभारम्भ भयो। नागाल्याण्डका , मुख्यमन्त्री नेफियो रियोको उपस्थितिमा शुभारम्भ भएको कार्यक्रममा सिक्किम अनि तेलंगाना को-पार्टनर राज्य रहेका छन्। पद्मभूषण ए.आर. रहमान, जापान, पेरु, भल्गेरिया, युके अनि संयुक्त राज्य अमेरिका जस्ता सहयोगी देशका प्रतिनिधिहरू लगायत देश-विदेशबाट आएका वरिष्ठ हस्तीहरूको कार्यक्रममा उपस्थिति रहेको थियो।
उद्घाटन कार्यक्रमलाई संक्षिप्त रूपमा सम्बोधन गर्दै नागाल्याण्डका मुख्यमन्त्री नेफियो रियोले जनजातिहरूको संस्कार, परम्परालाई प्रदर्शित गर्ने यस महोत्सवमा राज्यका सबै नागरिकहरूलाई हर्नबिल फेस्टिवलको २५औँ वर्ष पूरा गरेकोमा बधाई दिए।
नागाल्याण्ड पर्यटन विभागद्वारा आयोजित २५औँ हर्नबिल फेस्टिवल २०२४-मा सिक्किम को-पार्टनर राज्य रहेको छ भने सिक्किमका लगभग १४२ प्रतिनिधि टोलीले यस महोत्सवमा सिक्किमको समृद्ध संस्कार, परम्परा, संस्कृतिलाई यहाँ झल्काउनेछ। नागाल्याण्डको राजधानी कोहिमादेखि १२ किलोमिटर टाढ़ोमा अवस्थित किसामा हेरिटेज भिलेजमा आजदेखि शुरु भएको यस अन्तर्राष्ट्रिय स्तरको यस महोत्सव आगामी १० दिसम्बरसम्म चल्नेछ।
मुख्य रूपले नागा जनजातिको समृद्ध संस्कृतिको सम्बर्द्धन अनि प्रवर्द्धन गर्दै विश्वसामु पेश गर्ने उद्देश्यले २०००-देखि शुरु गरिएको यस हर्नबिल फेस्टिवल आज अन्तर्राष्ट्रिय तहमै ध्यान आकर्षित गराउन सफल बनेको छ। यस महोत्सवमा भारतसँगै विश्वभरिबाटै मानिसहरू आउने गर्छन् अनि यस महोत्सवमार्फत नागा जनजातिसँगै कुकी, कचरी, गारो अनि मिकिर जनजातिलाई पनि नागाल्याण्डको मूल निवासीको रूपमा पञ्जीकृत गरिएको छ। यी सबै जनजातिले यस महोत्सवमा आफ्नो समृद्धि संस्कृतिलाई प्रदर्शन गर्ने गर्छन्। नागाल्याण्डको चर्चित हर्नबिल फेस्टिभलमा यस पल्ट गोर्खा समुदायले पनि आफ्नै खानपानको बिक्री र सांस्कृतिक प्रदर्शनीको अवसर पाएका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    गान्तोकः सिक्किम सरकारले आमाहरूको अमूल्य योगदान र त्यागको सम्मानस्वरूप हरेक वर्ष 10 अगस्तलाई “आमा सम्मान दिवस” को रूपमा मनाउने निर्णय गरेको छ। यस सम्बन्धी राज्यको गृह विभागले आज अधिसूचना जारी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह