नर्थ-ईस्ट युनाइटेडले ६-१ गोलको अन्तरले पराजित गऱ्यो रोयल एफसी दुबइलाई

गान्तोक, १८ नोभेम्बरः अल ईण्डिया गभरनर्स गोल्डकप खेल्न पहिलोपल्ट सिक्किम आएको रोयल एफसी दुबइ आधा दर्जन गोल खाएर फर्किएको छ। सोमबार पाल्जर स्टेडियममा खेलाइएको तेस्रो क्वार्टर फाइनल खेलमा नर्थ-ईस्ट युनाइटेड एफसीले दुबइको टिमलाई ६-१ गोलको विशाल अन्तर पराजित गरेर सेमिफाइनलका लागि स्थान सुरक्षित गरेको छ।

खेल शुरु भएको १४औं मिनटमा रोयल एफसी दुबइका खेलाडीबाट भएको गल्तीको ओन गोलले पहिलो बढत बनाएको नर्थ-ईस्ट युनाइडेट एफसीलाई सेमिफाइनलमा स्थान बनाउन खटेर म्याच खेल्नपर्ने आवश्यकता नै आइपरेन। लगभग एक पक्षिय खेल खेल्दै नर्थ-ईस्टले हाफ टाइममा ३-० को बडत बनाएको थियो। दोस्रो हाफमा रोयल एफसी दुबइले एक गोल दागेर ३-१ को स्कोर बनाउन सफल भएको थियो तर यसपछि लगातार तीन गोल दागेर नर्थ-ईस्ट युनाइटेड एफसीले यस पल्टको गभरनर्स गोल्डकपमा अहिलेसम्मकै ठूलो स्कोर बनाइदियो।

नर्थ-ईस्ट युनाइटेडको पक्षमा खेलिरहेका गान्तोकका युवा खेलाडी रबिन छेत्रीले टिमको पक्षमा गोल गर्ने केही सुन्दर अवसर सिर्जना गरिदिएर मेन अफ द म्याचको उपाधि जितेका छन्। आज एउटा ठूलो अन्तरले म्याच जितेर सेमिफाइनल पुगेको नर्थ-ईस्ट युनाइटेडले २० नोभेम्बरमा सेमिफाइनल गोकुलम एफसी केरलसँग खेल्नेछ। भोलि मङ्गलबार प्रतियोगिताको अन्तिम क्वार्टर फाइनल चेन्नइन एफसीले चर्च बोइज युनाइटेड नेपालसँग खेल्नेछ। भोलिदेखि रहल तीन म्याच फ्लड लाइटमा खेलाइनेछन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह