जीर्णोद्वार गरिएको बीएल हाउसको मुख्यमन्त्रीले गरे उद्घाटन

गान्तोक, १७ नोभेम्बरः १९८० को दशकमा बनिएको गान्तोकको बीएल हाउसलाई एसकेएम सरकारले आधुनिक सुविधायुक्त पूर्वाधारका साथ जिर्णोद्धार गरेको छ। सिक्किम सरकारको संस्कृति विभागको पक्षबाट आधुनिक सुविधायुक्त पुनर्निर्माण गरिएको बीएल हाउसको आइतबार मुख्यमन्त्री पीएस गोलेले उद्घाटन गरे। बीएल हाउसको उद्घाटन अवसरमा विभिन्न स्थानका रिम्पोछे, लामाहरू, मुन तथा बुङ्थिङ,  सिक्किम सरकारका मन्त्रीहरु, विधायकगण, जनप्रतिनिधिहरू बीएल समुदायका मानिसहरुको उपस्थित रहेको थियो।

नयाँ भवनमा १६ वटा आवासीय रुमसहित, बीएल समुदायको ऐतिहासिक महत्वका सामग्रीहरूको संरक्षण गरिएको छ र अन्य आवस्यक सुविधा पनि जडान गरिएको छ। गान्तोकको सोनाम ग्याछो मार्गमा बीएल हाउसको उद्घाटन पछि मनन केन्द्रमा एउटा समारोह आयोजन गरिएको थियो जसमा सिक्किमका भोटिया लेप्चा समुदायले मुख्यमन्त्री पीएस गोलेलाई नागरिक सम्मान जनाए। यस अवसरमा सिक्किमका भोटिया लेप्चा समुदायलाई प्रतिनिधित्व गर्ने नयाँ झण्डा लोकार्पण पनि गरियो।

बीएल हाउसको पुनर्निर्माण सम्बन्धमा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले एउटा प्रेस विज्ञप्ति जारी गरेर यसलाई सरकारले सिक्किमका भोटिया-लेप्चा समुदायका दिएको एउटा बहुमूल्य उपहार मानेको छ। सिक्किममा एसकेएम सरकार गठन भएपछि मुख्यमन्त्री पीएस गोलेले भोटिया-लेप्चा समुदायका लागि दिएको यो एउटा ठूलो सम्मान रहेको बताउँदै यसलाई सिक्किमले लामो समयसम्म सम्झनामा बताएको छ। गान्तोकको सोनाम ग्याछो मार्गमा भोटिया-लेप्चा समुदायका लागि समर्पित बीएल भवन पहिलादेखि नै अस्तित्वमा रहेको तर यो वर्तमान आवश्यकता पूरा गर्न र आधुनिक सुविधासम्पन्न थिएन भन्ने जनाइएको छ।

एसकेएम प्रवक्ता कृष्ण लेप्चाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “राज्यमा कुल आबादीको लगभग लगभग प्रतिशत भागिदारी रहेको भोटिया-लेप्चा समुदायको परम्परा र संस्कृतिलाई मात्र नभएर सम्पूर्ण सिक्किमलाई नै प्रतिबिम्बित गर्ने प्रतीकका रूपमा बीएल हाउसलाई मान्ने गरिन्छ। यसको आफ्नै विशिष्ट इतिहास छ। यसले समुदायको अग्रणी व्यक्ति र पुर्खाहरूको सम्झनाई बचाइराख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। १९८० को दशकमा बनेको बीएल हाउसमाथि २५ वर्ष लामो एसडीएफ सरकारको कार्यकालमा कुनै दृष्टि परेन। पूर्व सरकारले कूल आबादीको एक चौथाइभन्दा अधिकको भागिदारी राख्ने समुदायको अति आवश्यक भवनलाई संरक्षित गरेर राख्नुको साटो यसलाई जहिल्यै पनि छड्के/सशङ्कित नजरले मात्रै हेर्‍यो, जसले गर्दा यस भवनले काँचुली फेर्ने कहिल्यै अवसर पाएन।”

विज्ञप्तिमा थप भनिएको छ, “पूर्व सरकारको नजरमा नआएको बीएल हाउस आधुनिकीकरण गरिनुपर्छ भन्ने वर्तमान मुख्यमन्त्री पीएस गोलेको सोचलाई मात्रै पनि समुदायका लागि ठूलो सम्मानका रूपमा हेरिएको थियो भने एसकेएम पार्टीले सरकार बनाएको छः वर्षको पनि समय नपुगी बीएल हाउसलाई आधुनिक सुविधासम्पन्न पूर्वाधारका साथ उद्घाटन गरेर आजदेखि राज्यका बीएल समुदायलाई समर्पित गरिदिएका छन्। यस महत कार्यका लागि सम्पूर्ण बीएल समुदायको पक्षबाट मुख्यमन्त्रीलाई हार्दिक धन्यवाद चडाउदछौं।”

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह