गान्तोक हिमालयन स्पोर्टिङ क्लब पुग्यो गोल्डकपको सेमीफाइनलमा

गान्तोक, १७ नोभेम्बरः पहिलोपल्ट गभरनर्स गोल्डकप फुटबल प्रतियोगिता खेल्न सिक्किम आएको केडिएन एफसी मलेशियालाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै गान्तोक हिमालयन स्पोर्टिङ क्लब सेमीफाइनलमा प्रवेश गरेको छ। गभरनर्स गोल्डकपमा २०१९ को उपविजेता हिमालयन स्पोर्टिङ क्लबले आफ्नो घरेलु मैदानमा केडीएन एफसीका खेलाडीलाई कुनै अवसर नै दिएनन्। विदेशीको टिमको रुपमा पहिलोपल्ट यस प्रतिष्ठित प्रतियोगितामा भाग लिएको मलेशियाको टिमबाट गान्तोकका दर्शकहरूले धेरै राम्रो खेलको प्रदर्शनको आशा गर्दा गर्दै पनि यो टिमले दर्शकलाई निरास बनाएर पहिलो खेलको पराजयसँगै प्रतियोगिताबाट बाहिरियो।

खेलको १३औं मिनटमा नै मलेशियाको टिम विरुद्ध बड़त बनाएको हिमालयन स्पोर्टिङ क्लबले खेलको ९० मिनट नै विपक्षी विरुद्ध खुलेर आक्रमण जारी राख्यो। पहिलो गोल हिमालयन एफसीको पक्षमा जसमान गुरुङले गरेका थिए जसलाई मेन अफ द म्याच घोषित गरिएको छ। हिमालयनको पक्षमा दोस्रो गोल खेलको २०औं मिनटमा विदेशी खेलाडी मेक्सवेलले गरेका थिए।

हाफ टाइम भित्रै २-० गोलको अन्तरले पछि परेको मलेशियाको दोस्रो हाफमा पनि म्याचमा फर्किने प्रयास सफल भएन। दुई गोलको अन्तरदेखि नै लगभग हार स्वीकार गरेको मलेशियाका खेलाडीबाट जोसपूर्ण खेलको प्रदर्शन पनि मैदानमा देखिएन। यसैबीच खेलको लगभग अन्तिम समयमा हिमालयन एससीको पक्षबाट साङ्गे भोटियाले तेस्रो गोल दागेर सुनिश्चित जीत अन्तरलाई फराकिलो बनाइदिए। केडीएन एफसी मलेशियाबाट खेलको जुन अपेक्षा गान्तोकका दर्शक र एसएफएले राखेको थियो त्यसको विपरित साबित भइदियो यो विदेशी टिम।

गान्तोकमा हुने फुटबलको एउटा प्रतिष्ठित प्रतियोगिताको रुपमा मानिएको गभरनर्स गोल्डकपमा आयोजिक सिक्किम फुटबल एसोसिएशन र विदेशी टिम विरुद्ध क्वार्टर फाइनल खेलिरहेको हिमालयन स्पोर्टिङ क्लबका खेलाडीको हौशला बढाउन आज अचानक मुख्यमन्त्री पीएस गोले पाल्जर स्टेडियम आएका थिए। उनले म्याचको समाप्तिपछि मलेशियन खेलाडीहरूसँग अन्तरक्रिया गरे भने हिमालयन एससी खेलाडीको विजयमा बधाई दिँदै टिमको पक्षमा राम्रो सहयोगरको घोषणा पनि गरिदिए। मुख्यमन्त्रीले हिमालयन एससीका प्रत्येक खेलाडी र टिम सदस्यहरूसँग अन्तरक्रिया गरेर जितको बधाई दिएका छन्।

पाल्जर स्टेडियममा भोलि सोमबार तेस्रो क्वार्टर फाइनल खेल मिजरमलाई पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको नर्थ-ईस्ट युनाइटेड र रोयल एफसी दुबई माझ हुनेछ। प्रतियोगिताको फाइनल बाहेक दिनको उज्यालोमा पाल्जर स्टेडियमा खेलिने भोलिको म्याच अन्तिम हुनेछ। अन्तिम क्वार्टर फाइनल र दुईवटा सेमिफाइनल साँझ साढे पाँच बजेदेखि फ्लड लाईटमा खेलाइनेछ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सेनाका नवनियुक्त जीओसीद्वारा मुख्यमन्त्रीसंग भेट

    गान्तोक: भारतीय सेनाको १७औं पर्वतीय खण्डका नवनियुक्त जनरल अफिसर कमान्डिङ (जीओसी) मेजर जनरल एमएस रठौडले सोमबार बिहान सरकारी निवासमा मुख्यमन्त्री पीएस गोलेसंग भेट गरेका छन्। यस भेट अवसरमा मुख्यमन्त्रीले निवर्तमान…

    सिक्किमको प्रतिनिधित्व गर्दै याङगाङ पर्यटन विकास समितिले भाग लियो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा

    गान्तोकः पर्यटन विकासका लागि आयोजित अन्तराष्ट्रिय युवा सम्मेलनमा सिक्किमको प्रतिनिधित्व गर्दै दक्षिण सिक्किमको याङगाङ पर्टयटन विकास समितिले पाँच दिनको सम्मेलनमा भाग लिएको छ। ओडिसाको सम्बलपुर जिल्ला अन्तर्गत जीएम विश्वविद्यालयमा १४…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सेनाका नवनियुक्त जीओसीद्वारा मुख्यमन्त्रीसंग भेट

    सेनाका नवनियुक्त जीओसीद्वारा मुख्यमन्त्रीसंग भेट

    सिक्किमको प्रतिनिधित्व गर्दै याङगाङ पर्यटन विकास समितिले भाग लियो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा

    सिक्किमको प्रतिनिधित्व गर्दै याङगाङ पर्यटन विकास समितिले भाग लियो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा

    एसकेएमले मनायो भव्यताका साथ 16औं रोलु दिवस

    एसकेएमले मनायो भव्यताका साथ 16औं रोलु दिवस

    पूर्वोत्तर परिषद्को बैठक : मुख्यमन्त्री गोलेले सिक्किमका मुख्य मुद्दाहरूमाथि पारे प्रकाश

    पूर्वोत्तर परिषद्को बैठक : मुख्यमन्त्री गोलेले सिक्किमका मुख्य मुद्दाहरूमाथि पारे प्रकाश

    गृहमन्त्री अमित शाहसँग भाजपा राज्य अध्यक्ष डीआर थापाको भेट

    गृहमन्त्री अमित शाहसँग भाजपा राज्य अध्यक्ष डीआर थापाको भेट