गभरनर्स गोल्डकपः गोकुलम एफसी पुग्यो क्वार्टर फाइनलमा

गान्तोक, १६ नोभेम्बरः गोकुलम एफसी केरल अल ईण्डिया गभरनर्स गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको प्रतियोगिताको पहिलो क्वार्टर फाइनल खेलमा गोकुलमा एफसीले ट्रान्सपोर्ट युनाइटेड भोटानलाई २-१ गोलको अन्तरले पराजित गरेर सेमीफाइनलका लागि स्थान सुरक्षित गऱ्यो। खेलको ५८औं र ६२औं मिनटमा लगातार दुईवटा पेनल्टी पाएर पनि भुटानको टिम प्रतियोगितामा आघि बढ्न सकेन।

क्वार्टर फाइनल खेलको शुरुआत देखि नै भुटानका खेलाडीहरूले उत्कृष्ट खेल प्रस्तुत गरेका थिए। पहिलो हाफमा भोटानको टिमले धेरै अवसर पाए पनि गोकुलमको गोलपोस्ट पार गराउन सकेन। हाफटाइमसम्म बराबरको खेल खेलेको भोटानले दोस्रो हाफको शुरुदेखि नै गोकुलम एफसी विरुद्ध पूर्ण दबाब बनाउने खेल खेल्यो। लगातार गोकुलमको गोलपोस्टमा भोटानका खेलाडीहरूले दबाब बनाइरहेकै क्रममा खेलको ५८औं मिनटमा गोकुलमाके डिफेन्सले डि बक्सभित्र गरेको गल्तीले पाएको पेनल्टीबाट भोटानका खेलाडी कुङ्गा वाङ्चुकले गोल दागेर पहिलो बढत दिलाए। यसको लगत्तै भोटानले ६२औं मिनटमा दोस्रो पेनल्टी पाएको थियो तर छुल्ट्रिम नामगेको पेनल्टी सटलाई गोकुलमका गोलकिप्पर सुजित एमले रोकिदिए। यो पेनल्टी सटलाई गोल गर्न नसक्नु भोटानको निम्ति पराजयको पहिलो कारण बनिदियो।

खेलको ८०औं मिनटमा भोटानलाई अर्को झट्का लाग्यो जब टिमका डिफेन्टर किङ्गा टी तोप्देनले डि बक्सभित्र रोक्न खोजेको गोकुलमका खेलाडीको सट ओन गोलका रूपमा गोलपोस्ट पार गरिदियो। भोटानी खेलाडीको ओन गोलबाट म्याचमा बराबरी हुने अवसर पाएको गोकुलम एफसीले रहल समयमा भने विपक्षी टिम विरुद्ध खुलेर खेल प्रदर्शन गऱ्यो। भोटानी टिममाथि दबाब बनाइरहेकै क्रममा ८९औं मिनटमा गोकुलमको पक्षमा बिबिन बोबानले गोल दागेर टिमको जित सुनिश्चित गरिदिए। यसपछि पाएको चार मिनटको इन्जुरी टाइममा दुवै दलबाट आक्रमण प्रतिआक्रमण भएपनि अन्ततः गोकुलमले प्रतियोगितामा दोस्रो जित दर्ता गर्दै सेमीफाइनलका लागि स्थान सुरक्षित गरेको छ।

भोटानी टिम विरुद्ध जित सुनिश्चितको गोल गर्ने गोकुलमका खेलाडी बिबिन बोबानले मेन अफ द म्याचको उपाधि जितेका छन्। भोलि आइतबार सिक्किमको घरेलि टिम गान्तोक हिमालयन एफसीक भिडन्त केडीएन एफसी मलेसियासँग हुनेछ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह