चेन्नईन एफसी बन्यो क्वार्टर फाइनलमा खेल्ने चौथो टीमः शनिबारदेखि क्वार्टर फाइनल शुरु हुँदै

गान्तोक, १५ नोभेम्बरः चेन्नईन एफसी अल इण्डिया गभरनर्स गोल्डकप फुटबल प्रतियोगितामा क्वार्टर फाइनलमा प्रवेश गर्ने चौथो टीम बनेको छ। शुक्रवार पाल्जर स्टेडिममा भएको अन्तिम प्री-क्वार्टर खेलमा चेन्नईन एफसीले डायमन्ड हार्बर फुटबल क्लब कोलकतालाई एक गोलको अन्तरले पराजित गर्दै क्वार्टर फाइनल खेलका लागि आफ्नो स्थान सुरक्षित गरेको छ। चेन्नईन एफसीको पक्षमा एकमात्र गोल खेलको ५१औं मिनटमा माकाकमायुम डानियलले गरेका थिए भने टिमलाई विजयी गोल दिन उनले मेन अफ द मेचको उपाधि पनि जितेका छन्।

पहिलो खेलमा पञ्जाब पुलिसलाई पराजित गरेर प्री-क्वार्टरमा स्थान बनाएको चेन्नईन एफसीले आजको म्याचमा डायमन्ड हार्बर एफसी कोलकाता विरुद्ध म्याच जित्न धेरै सङ्घर्ष गर्नु पऱ्यो। डायमन्ड हार्बरका खेलाडीहरूले खेलको अन्तिम क्षणमा चेन्नईन विरुद्ध गोल गर्ने धेरै अवसर पाए तर गोल गर्नमा भने उनीहरूले राम्रा अवसरहरू गुमाएर प्रतियोगितामा एकै म्याच खेलेर बाहिरिए।

गभरनर्स गोल्डकपमा भोलि शनिवारदेखि क्वारटर फाइनल खेल शुरु हुनेछ। क्वार्टर फाइनल चरणमा प्रवेश गरेका भारतका विभिन्न चार टीमले अब बिदेशी टीमहरूको सामना गर्नेछन्। भोलि पहिलो क्वार्टर फाइनल सिक्किम पुलिसलाई पराजित गरेको गोकुलम एफसी केरलले ट्रान्सपोर्ट युनाइटेड एफसी भोटान विरुद्ध खेल्नेछ।

गभरनर्स गोल्डकप खेल्नका लागि मलेसियाको केडीएन एफसीको टीम गान्तोक आइपुगेको छ भने रोयल एफसी दुबई शनिबार गान्तोक आइपुग्ने आयोजक सिक्किम फुटबल एसोसिएशनले जानकारी दिएको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह