गोल्डकप फुटबल प्रतियोगिताः नर्थ-ईस्ट युनाइटेडको डिफेन्सलाई तोड्न सकेन मिजोरमले

गान्तोक, १४ नोभेम्बरः नर्थ-ईस्ट युनाइटेड फुटबल क्लब ४०औं अल इण्डिया गभरनर्स गोल्ड फुटबल प्रतियोगिताको क्वार्टर फाइनल चरणमा प्रवेश गर्ने तेस्रो टीम बनेको छ। आज बिहीवार पाल्जर स्टेडियम गान्तोकमा भएको प्री-क्वार्टर फाइनल खेलमा नर्थ-ईस्ट युनाइटेड फुटबल क्लबले मिजोरमलाई ३-१ गोलको अन्तरले पराजित गऱ्यो।

मिजोरमले नर्थ-ईस्ट युनाइटेडसँग निर्धारित ९० मिनटको समयमा गोल रहित बराबरीको खेल खेल्यो तर अतिरिक्त आधा घण्टाको समय यो टिम नर्थ-ईस्ट युनाइटेड अघि टिक्न सकेन। पहिलो म्याचमा आर्मी रेडलाई ५-१ गोलको फराकिलो अन्तरले पराजित गरेर प्री-क्वार्टरमा स्थान बनाएको मिरोजमका खेलाडीले आज पनि धेरै राम्रो खेल प्रस्तुत गरे तर उनिहरूले मजबूतिका साथ खडा रहेको नर्थ-ईस्टको डिफेन्स पार गराउन लगातार सङ्घर्ष गर्नु पऱ्यो।

इण्डियन सुपर लीगमा एउटा दह्रियो फुटबल टिमको रूपमा विकास भइरहेको नर्थ-ईस्ट युनाइटेडको रिजर्भ टिमले गभरनर्स गोल्डकपमा पनि बलियो शुरुआत गरेको छ। मिजोरमसँग ९० मिनटको खेल बराबरीमा समाप्त गरेपछि अतिरिक्त समयको पहिलो चार मिनटमै नर्थ-ईस्टको टिमले बड़त बनाएर जितको दाबेदारी गरिदियो। टिमको पक्षमा पहिलो गोल ९४औं मिनटमा बिकी उराँवले गरेका थिए भने १०९ मिनटमा दोस्रो गोल दागेर उनले टिमको जीत सुनिश्चित गरिदिए।

दुई गोलले पछि परेको मिजोरमका केलाडीले मैदानमा सम्हालिने मौका नपाउँदै नर्थ-ईस्ट युनाइटेडको पक्षबाट सब्सटिट्युट खेलाडीको रूपमा मैदानमा पसेका मोहमद जाहनले ११० मिनटमा तेस्रो गोल दागेर गोल बडतलाई फराकिलो बनाइदिए। यसपछि म्याचमा फर्किने रहल समय नरहे पनि सङ्घर्ष गरिरहेको मिजोरमले ११६औं मिनटमा निल सेभ गोल गऱ्यो तर गभरनर्स गोल्डकपबाट भने बाहिरिनु पऱ्यो।

आजको हरसँगै खवाजोल भेङ्तारा एफसी मिजोरमको जीतको सिलसिला तोडिएको छ। पाल्जर स्टेडियममा दुई पल्टको इण्डिपेन्डेन्स कपको विजेता रहेको टिम मिजोरमले गभरनर्स गोल्डकपमा आफ्नो यात्रा अघि बडाउन सकेन। नर्थ-ईस्ट युनाइटेड एफसीलाई विजयी बनाउन दुई गोलको महत्त्वपूर्ण योगगान दिने बिकी उराँवले मेन अफ द म्याचको उपाधि जितेका छन्।

आज म्याच जित्ने नर्थ-ईस्टले आगामी १८ नोभेम्बरको दिन क्वार्टर फाइनल खेल रोयल एफसी दुबईसँग खेल्नुपर्नेछ। भोलि शुक्रवार अन्तिम प्री-क्वार्टर पञ्जाब पुलिसलाई पहिलो खेलमा हराएर आएको चेन्नइन एफसी र डाइमण्ड हार्बर फुटबल क्लब कोलकाता माझ हुने।

आजको खेलमा नर्थ-ईस्ट युनाइटेडको पक्षबाट सिक्किमका खेलाडी रबिन छेत्रीले खेल्ने अवसर पाएका तिए। गत अप्रेल महिनादेखि नर्थ-ईस्ट युनाइटेडसँग अनुबन्धनमा रहेका युवा खेलाडी रबिन छेत्रीले राज्य बाहिरको ठूलो क्लबबाट घरेलु मैदानमा खेल्ल पाउनु आफ्नो लागि उत्सापूर्ण क्षण रहेको बताए। मिजोरमसँगको म्याचमा आफ्नो टिमले खटेर सङ्घर्ष गर्नुपर्ने अवस्था नभएको बताउँदै आज भएका कतिपय गल्तीलाई सुधार गर्दै आगामी म्याचको तयारी गर्ने बताएका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह