बाल दिवसको अवसरमा मुख्यमन्त्री पीएस गोलेले दिए पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूलाई श्रद्धाञ्जलि

गान्तोक, १४ नोभेम्बर: राष्ट्रिय बाल दिवसको अवसरमा मुख्यमन्त्री पीएस गोलेले देशका पूर्व प्रधानमन्त्री पंडित जवाहरलाल नेहरूलाई श्रद्धाञ्जलि अर्पण गरेका छन्। मुख्यमन्त्री गोलेले मिन्तोगाङ नजिक नेहरूको मुर्तिमा श्रद्धाञ्जली अर्पण गरे साथै यहाँ भेला भएका विद्यार्थीसँग अन्तरक्रिया पनि गरे।

मुख्यमन्त्री पीएस गोलेले आफ्नो फेसबुक पेजमार्फत पनि सिक्किमका बाल-बालिकाहरूलाई बाल दिवसको शुभकामना दिँदै बालबालिकाहरू हाम्रो समाजको मुटुको धड्कन र उज्ज्वल भविष्यको आशा हुन् भनी बताएका छन्। बाल दिवसले स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको दर्शन र मूल्यहरूको सम्झना गराउँछ, जसले युवा दिमागलाई प्रेम, हेरचाह र ज्ञानको साथ पोषित गर्नमा विश्वास गर्थे भनी मुख्यमन्त्रीले भनेका छन्।

हरेक बालकलाई एक सुरक्षित, खुशी र सहयोगी वातावरणमा हुर्कने अवसर प्राप्त हुनुपर्छ किनभने सपना देख्ने र आफ्नो पूर्ण क्षमताको अन्वेषण गर्ने स्वतन्त्रता सबैलाई छ भन्ने मुख्यमन्त्रीको भनाइ छ। सिक्किम सरकार हरेक बालबालिकालाई गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र उनीहरूलाई फस्टाउनको लागि आवश्यक सहयोग सुनिश्चित गर्न प्रतिबद्ध रहेको मुख्यमन्त्रीले बताएका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह