क्वार्टर फाइनलमा प्रवेश गऱ्यो गान्तोक हिमालयन स्पोर्टिङ्ग क्लब

गान्तोक, १३ नोभेम्बर: ४०औं अल इण्डिया गभर्नर्स गोल्ड कप इन्टरनेशनल फूटबल टुर्नामेन्ट २०२४को क्वार्टर फाइनलमा प्रवेश गरेको छ गान्तोक हिमालयण स्पोर्टिङ्ग क्लब। आज बुधबार पाल्जर स्टेडियममा भएको दोस्रो प्री क्वार्टर फाइनलमा हिमालयण स्पोर्टिङ्ग क्लबले टाइ ब्रेकरमा दिल्लीको लीग च्याम्पियन सुदेभा एफसी-लाई पराजित गरेर क्वार्टर फाइनलका लागि स्थान सुरक्षित गरेको छ। निर्धारित ९० मिनट अनि अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा हिमालयण स्पोर्टिङ्ग क्लब ४-३ गोलको अन्तरले विजयी बन्यो।
खेल शुरु भएको आठौँ मिनटमा हिमालयण स्पोर्टिङ्ग क्लबका खेलाडी साङ्गे डाडुलबाट भएको ओन गोलले सुदेवा एफसी दिल्लीले बढत हासिल गर्न सफल भएको थियो। तर १८औं मिनटमा हिमालयन एससीको पक्षमा विदेशी खेलाडी सोनोरटोनले बराबरीको गोल दागे। यसपछि पहिलो हाफ एक एक गोलको स्कोरमा समाप्त भएको थियो।
दोस्रो हाफमा खेल मैदानभरी हिमालयन स्पोर्टिङ्ग क्लब हाबी रहेपनि निर्धारित ९० मिनटको समयमा अन्य कुनै गोल नभएपछि अतिरिक्त समयको खेल खेलाउनु परेको थियो। तर अतिरिक्त समयमा पनि दुवै दलले स्कोर गर्न नसकेपछि भएको टाइब्रेकरमा हिमालयन स्पोर्टिङ्ग क्लब विजयी बन्यो। आज विजेता बनेको हिमालयन स्पोर्टिङ्ग क्लबले आगामी १७ नोभेम्बरको दिन क्वार्टर फाइनल खेलेमा केडीएन एफसी मलेशियाको सामना गर्नेछ। भोलि बिहिबार तेस्रो प्री क्वार्टर फाइनल खेलेमा खावाजोल भेङ्थारा एफसी मिजोरमको भिडन्त नर्थ ईस्ट युनाइटेडसंग हुनेछ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह