नेपाली साहित्य परिषद सिक्किमले पालन गऱ्यो ११५औँ देवकोटा जन्मजयन्ती

गान्तोक, १२ नोभेम्बरः नेपाली साहित्य परिषद, सिक्किमले सिक्किम भारतको २२औँ राज्यको रूपमा प्रतिष्ठापित भएको ५०औँ वर्षको उपलक्ष्यमा १२ नोभेम्बर, २०२४ का दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्ती समारोह भव्यताका साथ पालन गऱ्यो।

नेपाली साहित्य परिषद, सिक्किमका अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा सम्पन्न भएको यस जन्मजयन्ती समारोहमा दीप प्रज्ज्वलनका साथ कार्यक्रम आरम्भ गरिएको थियो। कार्यक्रममा सर्वप्रथम महाकविको तस्वीरमा माल्यार्पण गरिए पश्चात महाकविको काव्यकृतिबाट रञ्जना कार्कीले ‘शुन्यतामा शुन्यसरी बिलाएँ’ नामक कविता वाचन गरेकी थिइन।

विशेषतः कार्यक्रममा महाकविको व्यक्तित्व एवम् कृतित्वमाथि वार्तासँगै कवि गोष्ठी साथै साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। यसमा महाकविको व्यक्तित्व एवम् कृतित्वमाथि प्रबुद्ध साहित्यकार प्रवीण राई जुमेलीले “हामी कसैले पनि देवकोटालाई समग्र रूपमा आजपर्यन्त बुझ्ने सकेका छैनौ।” हामी ज-जसले जति देवकोटालाई बुझेका छौँ त्यतिले मात्र देवकोटालाई बुझेर पुग्दैन। देवकोटाले सबै विधामा कलम चलाएर नेपाली साहित्य ऋणी तुल्याउनु भएको छ। प्रकृतिसँग सधैँ रमाउने देवकोटाको विलक्षण काव्यिक क्षमतालाई हामीले नमम गर्नु पर्छ भन्ने विचार प्रकट गर्नुभयो। यसरी नै कविता वाचनको क्रममा भवानी घिमिरे सिक्किमे, रञ्जना कार्की, राधा पाण्डे, नवीन लामीछाने, बिमला लुइँटेल आदिले कविताहरू वाचन गरे।

यसरी नै कार्यक्रममा गायक जीवन शर्मा र गणेश ढुङ्गेलको गायन प्रस्तुत गरेका थिए। परिषदकी कार्यकारिणी सदस्य उषा शर्माद्वारा सञ्चालित यस कार्यक्रमको अन्त्यमा परिषदका अध्यक्ष हरि ढुङ्गेलले ‘हाम्रा विभूतिहरूको जन्मजयन्ती अङ्ग्रेजी क्यालेण्डरकै आधारमा पालन हुँदै आएकोले क्यालेण्डर अनुरूप महाकविको जन्मजयन्ती १२ नोभेम्बरमा पर्ने भएको हुँदा यस वर्षदेखि यसै दिनलाई आधार मानेर महाकविको जन्मजयन्तीलाई पालन गर्ने परिषदले निर्णय लिएको बताए। उनले भने, १९५२ तिर देवकोटा सिक्किम आउनु भएको थियो। देवकोटाले टेकेको सिक्किमेली भूमि भाषा साहित्यको क्षेत्रमा उर्वर बनेको छ। यहाँ ठेलीका ठेली पुस्तक तथा पत्र-पत्रिकाहरू धमाधम प्रकाशन भइरहेका छन्। यो भाषा साहित्यको विकासमा एउटा शुभ लक्षण हो। देवकोटाले नेपाली साहित्यलाई लगाएको गुण हामीले जन्मजयन्ती मनाएर मात्र होइन तर उहाँद्वारा सृजित काव्यकृति तथा रचनाहरूमाथि संगोष्ठीहरू आयोजन गरेर उहाँका विचार-चिन्तनलाई जीवनमा उतार्नु सक्यौँ भने उहाँप्रतिको साँचो श्रद्धाञ्जली अर्थपूर्ण हुनेछ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह