जाइकाको सहयोगमा १,४४० करोड़ रुपियाँका पाँच सड़क परियोजना सञ्चालन गर्ने तयारीमा सिक्किम

गान्तोक, ८ सेप्टेम्बरः  जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) को सहयोगमा सिक्किमले  पाँचवटा सड़क निर्माणको तयारी गरिरहेको छ। अनुमानित १,४४० करोड रुपियाँको लागतमा निर्माण गरिने पाँचवटा सड़कको निर्माण परिजोना माथि विस्तृत अध्ययन गर्न जाइका जाइका अभियन्ताको टोलीले सिक्किमा सर्वेक्षण गरिरहेको छ। यो पहल सिक्किमका विभिन्न क्षेत्रहरूमा सड़क सम्पर्क बढाउन र सड़कहरूको स्तरमा सुधार ल्याउने उद्देश्यले गरिएको छ।

निर्माण प्रस्ताव दिइएका सड़कहरूको कार्यअवस्था र अन्य विषयमा छलफलका लागि ५ सेप्टेम्बरको दिन जाइका प्रतिनिधि टोलीले मुख्यमन्त्री पीएस गोलेसँग भेट गरेको थियो। उक्त भेटघाटका अवसरमा सिक्किमा सड़क निर्माणका परियोजनाको रोडम्यापमाथि छलफल भएको थियो। अहिले जाइका टोलीले प्रस्तावित परियोजनाहरूको मूल्याङ्कन गर्न साइट भ्रमण गरिरहेको छ।

सिक्किम सरकारको सड़क एव पुल विभागबाट प्राप्त जानकारीअनुसार जाइकाको सहयोगमा १६१.८२  किलोमिटर सड़क साथै ३८ मिटरको एउटा डबल लेन पुल निर्माणको प्रस्ताव रहेको छ। यसमा ३९०.५६ करोड़ रुपियाँको लागतमा पूर्व सिक्किमको सिङ्तामदेखि चिउरीबोटे हुँदै जाने ४५ किलोमिटर लामो पाचेखानी रम्फू सड़कको चौड़ाइ बढाउने र स्तरोन्नतिको कार्य प्रमुख रहेको छ।

सोरेङ जिल्लाको बैगुनेबाट गेलिङ अनि च्याखुङ हुँदै सोरेङ जाने २६.८२ किलोमिटर सड़क मार्गको विकासका लागि २२२.१० करोड़ रुपियाँ प्रस्ताव जाइकामा दिइएको छ। यसमा सड़कलाई चौड़ादार गराउनेसाथै कार्पेटिङको काम सामेल छ।

गेजिङ जिल्लाको फामताम-माङ्नाम-पोखरी-धुपीडाँड़ा-लाब्दाङ-कर्जी र टाशीडिङसम्मको ६० किलोमिटर सड़क मार्गको विस्तार र विकासमा ४८० करोड़ रुपियाँको अर्को प्रस्ताव माथि जाइकाले काम गरिरहेको छ।

गान्तोक जिल्लाको पाङ्थाङबाट तिन्तेक हुँदै डिक्चु जाने ३० किलोमिटर सड़क मार्गको विकासका लागि २४० करोड़ रुपियाँको प्रस्ताव रहेको छ।

पूर्व सिक्किमको रानीपुलबाट जालीपुलसम्मको सड़क मार्गको विकाससँगै ३८ मिटर लम्बाइको नयाँ पुल निर्माणका लागि २८ करोड़ ५६ लाख रुपियाँ खर्च गर्ने योजना रहेको छ।

पहाड़ी क्षेत्रमा सड़क निर्माण कार्यमा जाइकाले नेपालको सिन्धुलीमा निर्माण गरेको सड़कको टिकाउको स्थितिलाई ध्यानमा राखेर सिक्किमा जापानी प्रविधीको प्रयोगबाट जाइकालाई सड़कहरूको स्तरोन्नति र विकास गराउने  प्रस्ताव दिइएको हो। सिक्किममा पनि जाइकाद्वारा अनुदान प्राप्त सडकहरूले निर्माण उच्च मापदण्ड पालनाबाट हुने अपेक्षा गरिएको छ। यो प्रमुख पूर्वाधार विकास कार्यक्रम सिक्किममा यातायात सुधार र आर्थिक विकासलाई बढावा दिने उद्देश्यले सञ्चालन गरिने बताइएको छ।

About The Author

Homnath Dabari

होमनाथ दवाडी सुनगाभा पोस्टका संस्थापक सम्पादक हुन्।

सम्बन्धित पोस्टहरू

सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईँले नहेरेका पोस्टहरू

सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह