साइकलयात्री एलजेट वर्ते तीन दिने भ्रमणमा आइपुगे सिक्किम

गान्तोक, २२ सेप्टेम्बरः अखिल भारतीय साइकल यात्रामा निक्लिएका वानल्लामजुआला वर्ते (एलजेट वर्ते) शनिवार सिक्किम आइपुगेका छन्। मिशन लाइफको पहल ‘राइड टु क्लिन एयर’ अन्तर्गत सिक्किम आइपुगेका उनले राज्यमा तीन दिन बिताउने छ्न। भारत सरकारको पर्यटन मन्त्रालय, सिक्किमका प्रबन्धक अनुराग आस्थाना र ट्राभल एजेन्ट्स एसोसिएशन अफ् सिक्किमका सदस्यहरूले एलजे वर्तेलाई सिक्किममा स्वागत जनाए ।

वर्तेले आफ्नो यात्रा २५ जनवरी, २०२४ मा मिजोरमबाट शुरु गरेका थिए। उनी अहिले आफ्नो यात्राको अन्तिम चरणमा छन्। मिजोरम प्रदूषण नियन्त्रण बोर्डद्वारा प्रायोजित उनको साइकल यात्राले २०२१ मा ग्लासगोमा भएको सीओपी२६ मा प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तुत गरेको विश्वव्यापी जनआन्दोलन मिशन लाइफ (पर्यावरणका लागि जीवन शैली) को भागको रूपमा वातावरणीय चेतनालाई बढावा दिन्छ ।

यस अभियान अन्तर्गत एलजे वर्तेले देशका सबै राज्यहरूको भ्रमण गरिसकेका छन् । उनको अर्को गन्तव्य सिक्किमपछि अरुणाचल प्रदेश, नागाल्याण्ड र मणिपुर रहेको छ। उनी हिजो रम्फू आइपुगेका हुन्। आफ्नो तीन दिवसीय प्रवास अवधि उनले सिक्किमका विभिन्न संघ संस्थाहरूसँग भेट गर्नेछन् ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह