गभरनर्स गोल्डकपः रोमाञ्चक खेलमा सिक्किम पुलिस विरुद्ध ४-३ गोल अन्तरले विजयी बन्यो गोकुलम एफसी

गान्तोक, १२ नोभेम्बरः ४० औं अल इण्डिया गभरनर्स गोल्डकपको अहिलेसम्मको सबैभन्दा रोमाञ्चक खेलमा गोकुलम एफसी केरलले सिक्किम पुलिसलाई ४-३ गोलको अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। फुटबलमा व्यवसायिक खेलको प्रस्तुत गर्दै मैदानमा उत्रिएको गोकुलम एफसीले खेलको तीन मिनटमै गोल दागेर सिक्किम पुलिस फुटबल टिम विरुद्ध पहिलो बडत बनाएको थियो। गोकुलमको पक्षमा पहिलो गोल जोरिस कोरियाले गरेका थिए।

गोकुलमका खेलाडी अब्दु लुमालाले खेलको १५औं मिनटमा दोस्रो र २४औं मिनटमा टिमको पक्षमा दोस्रो र तेस्रो गरेर हाफ टाइम भित्रै टिमलाई ३-० को बड़त दिलाएका थिए। पहिलो हाफमा गोकुलमले सिक्किम पुलिसलाई पूर्ण नियन्त्रणमा लिएर फराकिलो बडत बनाइसकेको थियो। तथापि खेलको दोस्रो हाफ गोकुलम एफसीको पक्षमा रहेन।

दोस्रो हाफको खेल शुरु भएको दुई मिनटमै सिक्किम पुलिसले पहिलो गोल लगाएर गोकुलमले प्राप्त गरेको बडत अन्तर ३-१ बनाउन सफल भयो। यसैबीच गोकुलका टिम कप्तान अमन गायकवाड़ले सिक्किम पुलिसका खेलाडी विरुद्ध गरेको गल्ती कारण रेड कार्ड पाएर मैदान छोड्नु पऱ्यो। उनले गरेको गल्तीमा सिक्किम पुलिसका खेलाडी पनि घाइते बनेर मैदानबाट बाहिरिनु परेको थियो।

टिम कप्तानले रेडकार्ड पाएपछि १० जना खेलाडीको साथमा होम ग्राउण्डमा खेलिरहेको सिक्किम पुलिस विरुद्ध गोकुलम एफसीले निक्कै सङ्घर्ष गर्नु परेको थियो। दोस्रो हाफको शुरुआतदेखि नै दबाबमा देखिएको गोकुलम एफसीले ७४औं मिनटमा डि बक्स भित्र गरेको गल्तीले सिक्किम सिक्किम पुलिसको पक्षमा पेनल्टी दिइयो जसको फाइदा उटाउँदै पुलिस टिमले स्कोर अन्तरलाई तीन दुई बनाउन सफल रह्यो। स्कोर अन्तर कम भएपछि दुवै दलका खेलाडीले क्वार्टर फाइनलको सपना अघि राखेर मैदानमा खेल प्रदर्शन गरे।

पछिल्लो वर्षको सिक्किम स्टेट लीग च्याम्पिय सिक्किम पुलिसले तर स्कोर बराबर गर्ने गोल दाग्न नपाइ गोकुलमका खेलाडी जेएन भादिमले चौथो गोल गरेर टिमलाई अजेय बडत दिलाइदिए। यसपछि सिक्किम पुलिसका सुराग छेत्रीले टिमको पक्षमा तेस्रो गोल गरेर खोललाई अझ रोमाञ्चक मोडमा पुऱ्याएका थिए।

९० मिनटको खेलमा गोकुलम एफसी १ गोलको अन्तरमा अघि रहेपछि ६ मिनटको अतिरिक्त इन्जुरी टाइममा सिक्किम पुलिसले धेरै प्रयास गऱ्यो तर व्यवसायिक क्लबको रुपमा खेल्दै आएको गोकुलमको डिफ्नेस लाइन तोड्न सकेन जसको फलस्वरूप गोकुलम एफसी गभरनर्स गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गर्ने पहिलो दल बनेको छ। गोकुलम एफसीको पक्षमा दुई गोल गर्ने अब्दु लुमाला मेन अफ द म्याच चुनिए। यस टिमले अब १६ नोभेम्बरको दिन क्वार्टर फाइनलमा ट्रान्सपोर्ट युनाइटेड एफसी भोटानको सामना गर्नुपर्नेछ। पाल्जर स्टेडियममा भोलि बुधवार दोस्रो प्री-क्वार्टर फाइनल गान्तोक हिमालयण स्पोर्टिङ क्लब र सुदेवा एफसी दिल्ली माझ हुनेछ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह