केन्द्र सरकारद्वारा राज्य आपदा मोचन कोषबाट सिक्किमलाई २३.६० करोड रुपियाँ जारी

नयाँ दिल्ली, १ अक्टोबरः केन्द्र सरकारको गृह मन्त्रालयले राज्य आपदा मोचन कोषबाट केन्द्रिय अंशका रूपमा तथा राष्ट्रिय आपदा मोचन कोषबाट अग्रिम राशिका रूपमा सिक्किमलाई २३.६० करोड रुपियाँ जारी गरेको छ। केन्द्र सरकारले कूल  ५,८५८.६० करोड रुपियाँ जारी गरेको छ जसमा महाराष्ट्रलाई १,४९२ करोड, आन्ध्र प्रदेशलाई १,०३६ करोड, आसमलाई ७१६ करोड, बिहारलाई ६५५.६० करोड, गुजरातलाई ६०० करोड, हिमाचल प्रदेशलाई १८९.२० करोड, केरललाई १४५.६० करोड, मणिपुरलाई ५० करोड, मिजोरमलाई २१.६० करोड, नागाल्याण्डलाई १९.२० करोड, सिक्किमलाई २३.६० करोड, तेलङ्गानालाई ४१६.८० करोड, त्रिपुरालाई २५ करोड र पश्चिम बङ्गाललाई ४६८ करोड रुपियाँ जारी गरेको छ। यी राज्यहरू यस वर्ष दक्षिण पश्चिम मनसूनको समय अत्यधिक भारी वर्षा, बाढी र पैह्रौका कारण प्रभावित बनेका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्व तथा केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहको मार्गदर्शनमा मोदी सरकारले प्राकृतिक आपदाद्वारा प्रभावित राज्यका मानिसहरूको कठिनाई कम्ति गर्न उनीहरूका साथ काँधमा काँध मिलाएर खडा रहेको केन्द्र सरकारले बताएको छ।

सरकारले बाढी प्रभावित राज्य आसम, मिजोरम, केरल, त्रिपुरा, नागाल्याण्ड, गुजरात, आन्ध्र प्रदेश, तेलङ्गाना अनि मणिपुरमा नोक्सानीको स्थलगत आँकलन गर्नका लागि अन्तर मन्त्रालय केन्द्रिय दल (आइएमसीटी) पठाइएको थियो।

यसका अतिरिक्त, बिहार अनि पश्चिम बङ्गालमा नोक्सानीको स्थलगत आकलन गर्नका लागि चाँडै आइएमसीटी पठाइनेछ। यी दुवै राज्य हालै बाढीद्वारा प्रभावित भएका हुन्। स्थापित व्यवस्था अनुसार आइएमसीटीको आकलन प्रतिवेदन प्राप्त भएपछि प्रभावित राज्यहरूलाई एनडीआरएफबाट अथिरिक्त वित्तीय सहायता स्वीकृत गरिनेछ।

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्व तथा केन्द्रिय गृह मन्त्री अमित शाहको मार्गदर्शनमा यस वर्ष २१ राज्यलाई १४,९५८ करोड रुपियाँभन्दा धेरै धनराशि जारी गरिसकिएको छ। यसमा एसडीआरएफबाट २१ राज्यलाई ९,०४४.८० करोड, एनडीआरएफबाट १५ राज्यलाई ४,५२८.६६ करोड र राज्य आपदा अल्पिकरण निधि (एसडीएमएफ) बाट ११ राज्यलाई १,३८५.४५ करोड रुपियाँ सामेल छन्।

वित्तीय सहायताका अतिरिक्त, केन्द्र सरकारले सबै बाढी प्रभावित राज्यलाई अपेक्षित एनडीआरएफ वा थल सेनाको टोलीको तैनाथी अनि वायु सेनाको सहयोगसहित सबै लजिस्टिक सहयोग प्रदान गरेको छ।

समाचार स्रोत- पीआईबी

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    गान्तोकः सिक्किम सरकारले आमाहरूको अमूल्य योगदान र त्यागको सम्मानस्वरूप हरेक वर्ष 10 अगस्तलाई “आमा सम्मान दिवस” को रूपमा मनाउने निर्णय गरेको छ। यस सम्बन्धी राज्यको गृह विभागले आज अधिसूचना जारी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह