गभरनर्स गोल्डकपः सकियो पहिलो चरणको खेल

गान्तोक, ११ नोभेम्बरः अल इण्डिया गभरनर्स गोल्डकप अन्तर्गत आज सोमवारदेखि पहिलो चरणको खेल समाप्त भएको छ। पहिलो चरणको अन्तिम खेलमा आज चेन्नइन एफसीले पञ्जाब पुलिसलाई रोमाञ्चक भिडन्तमा ३-१ गोलको अन्तरले परास्त गरेर प्री-क्वार्टर फाइनलका लागि आफ्नो स्थान सुनिश्चित गऱ्यो। खेल शुरु भएको तीन मिनटमै पञ्जाब पुलिस विरुद्ध चेन्नइन एफसीले पहिलो गोल दागेर बडत बनाएतापनि पञ्जाब पुलिसका खेलाडीले हौसला कायम राख्दै राम्रो खेल प्रदर्शन गरेका थिए।

खेलको तेस्रो मिनटमा पञ्जाब पुलिसका खेलाडीले आफ्नो डि बक्सभित्र गरेको गल्तिको फाइदा स्वारुप चेन्नइन एफसीले पाएको पानेल्टीमा खेलाडी लालपेहुआले गोल दागेर पहिलो बढत बनाएका थिए। खेलको पहिलो हाफमा चेन्नइनका खेलाडीले मैदानभरी खटेर सुन्दर खेल प्रदर्शन गर्दै पञ्जाब पुलिसमाथि दबाब बनाइरहे। पहिलो हाफको ४२औं मिनटमा चेन्नइन एफसीका कार्तिक थिरुमलाईले दोस्रो गोल दागेर टिमलाई २-० को बडत दिलाए। तथापि यो बड़त धेरै समयका लागि रहेन र ४५औं मिनटमा पञ्जाब पुलिसले पाएको पेनल्टीलाई स्कोर गरेर हाफ टाइमसम्म २-१ को स्कोर रह्यो। पञ्जाब पुलिसको पक्षमा खेलाडी आबेलसनले गोल गरेका थिए।

खेलको दोस्रो हाफमा चेन्नइन एफसीका खेलाडीले धेरै खट्न सकेनन् तथापि उनीहरूले पञ्जाबलाई गोल दाग्ने अवसर भने दिएनन्। दोस्रो हाफको अधिकाँस समय मैदानमा पञ्जाब पुलिसले दबाब बनाइरह्यो तर चेन्नइका गोलकिप्पर मोहनराजन के- दबाबमा नआइ पञ्जाबका सबै सर्ट रोकेर आफ्नो टिमको बड़त कायम राखे। दक्षिण भारतको मौसममा खेले चेन्नइन एफसीका खेलाडीलाई दोस्रो हाफमा पाल्जर स्डेटियमको मौसममा सम्मिलित भएर ९० मिनट बिताउन धेरै परिश्रम गर्नु पऱ्यो आजको खेलमा। ९० मिनटको खेलसम्म २-१ को अन्तर बनाइराख्न सफल भएको चेन्नइनले खेलमा पाएको अतिरिक्त सात मिनटको इन्जुरी टाइममा तेस्रो गोल गरेर पञ्जाबलाई गोल्डकपबाट बाहिर गरिदिएको छ। चेन्नइनको पक्षमा तेस्रो गोल विशाल आर-ले गरेका थिए। खेलमा पहिलो बडत दिलाउने चेन्नइनका लालपेहुआ मेन अफ द म्याच चुनिए।

गभरनर्स गोल्डक अन्तर्गत भोलि मङ्गलवारदेखि प्री-क्वार्टर फाइनल खेल शुरु हुनेछ। प्री-क्वार्टरको पहिलो केल भोलि सिक्किम पुलिस र गोकुलम एफसी केरलको भिडन्त हुनेछ। सिक्किम पुलिसले आफ्नो पहिलो खेलमा कालिघाट मिलन एफसी कोलकातालाई ५-० को अन्तरले पराजित गरेको थियो।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह