उत्कृष्ट जितका साथ मिजोरम गभरनर्स गोल्डकपको क्वार्टर फाइनलमा

गान्तोक, १० नोभेम्बरः अल इण्डिया गभरनर्स गोल्डकपको तेस्रो म्याचमा खावाजल भेङ्तारा एफसी मिजोरम आर्मी रेड विरुद्ध ५-१ गोलको फराकिलो अन्तरले विजयी बनेको छ। पाल्जर स्टेडियममा खेल्ने राम्रो अनुभव रहेका मिजोरम खेलाडीले डुरन्ड कपमा राम्रो अनुभव रहेको आर्मी रेडलाई गभरनर्स गोल्डकपमा टिक्न दिएनन्। खेल शुरु भएको दोस्रो मिनटमै आर्मी रेड विरुद्ध पहिलो गोल गरेर आफ्नो दाबेदारी प्रस्तुत गरेको मिजोरमले पाल्जर स्टेडियममा अहिलेसम्म खेलेका म्याचमा जितको सिलसिला जारी राख्दै आज पनि उत्कृष्ठ जित हासिल गरेको छ। टिमको पक्षमा शुरुआति गोल गर्ने मिरोजमका खेलाडी लालरेमनुआनाले ह्याट्रिक गरेर म्याम अफ् द म्याच बने। मिजोरमाको पक्षमा अन्य दुई गोल लालनूनजिरा र लारिन्टुलाग्नाले गरे।

आजको खेलमा मिजोरम विरुद्ध आर्मी रेडले मैदानमा राम्रो प्रदर्शन गरे पनि स्कोर भने गर्न सकेन। दुवै दलले मैदाममा राम्रो खेल देखाए पनि शुरुआतको १० मिन भित्रै दुई गोलले पछि परेको आर्मी रेड अन्तसम्म गोल गर्ने भने पछि नै रह्यो। अर्मी रेडको पक्षमा एकमात्र गोल ३९ मिनटमा जेकब भीले लगाए तर पनि हाफ टाइम भित्रै ३-१ ले पछि परेको आर्मी रेडले गभरनर्स गोल्डकपमा अघि स्थान सुनिश्चित गराउन सकेन।

२०२३ र २०२४ मा पाल्जर स्टेडियममा लगातार दुईपल्ट स्वतन्त्रता दिवस कप जितिसकेको मिजोरमले आज पनि स्थानीय दर्शकको आसा अनुरुप खेल प्रदर्शन गऱ्यो। फुर्तिला खेलाडीको साथमा मैदानमा उत्रिएको मिजोरमका खेलाडीले आफ्नो टिमलाई खेलको शुरुआतदेखि अन्तसम्म नै दबाब महसुस गर्न दिएनन्। आज जित हासिल गरेको मिजोरमले अब प्रीक्वार्टर फाइनलमा १३ नोभेम्बरको दिन दिल्लीको सुदेवा एइसीको सामना गर्नुपर्नेछ। भोलि ११ नोभेम्बरमा गोल्डकपको चौथो खेल चेन्नइन एफसी र पञ्जाब पुलिसमाझ हुनेछ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    गान्तोकः सिक्किम सरकारले आमाहरूको अमूल्य योगदान र त्यागको सम्मानस्वरूप हरेक वर्ष 10 अगस्तलाई “आमा सम्मान दिवस” को रूपमा मनाउने निर्णय गरेको छ। यस सम्बन्धी राज्यको गृह विभागले आज अधिसूचना जारी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह