गभरनर्स गोल्डकपः हिमालयण एससी विजयी

गान्तोक, ९ नोभेम्बरः हिमालयण स्पोर्टिङ क्लब गान्तोक अल इण्डिया गभरनर्स गोल्डको को प्री-क्वाटर फाइनलमा प्रवेश गरेको छ। हिमालयण स्पोर्टिङ क्लबले शनिवार जीटीए इलेभेनलाई पराजित गरेर अर्को चरणका लागि स्थान सुनिश्चित गऱ्यो। हिजोदेखि शुरु भएको गोल्डकपका दुइवदै म्याचमा घरेलु दल विजयी बने। हिजो सिक्किम पुलिसले कालिघाट एमएसलाई ५-० गोलको अन्तरले पराजित गरेको थियो भने आज हिमालयण स्पोर्टिङ क्लबले जीटीए इलेभनलाई ३-१ गोलको अन्तरले परास्त गऱ्यो।

खेल शुरु भएको २६औं मिनटमा हिमालयण एससीका ओङ्डा लेप्चाले गोल गरेर टिमलाई बडत दिलाएका थिए। जीटीए इलेभेन र हिमालयण एससी दुवै दलका खेलाडी राम्रो खेलको प्रदर्शन गरे तर हाफ टाइमसम्म स्कोर १-० गोलको अन्तरमा हिमालयण एससी अघि रह्यो।

दोस्रो हाफको शुरुआत जीटीएका खेलाडीले विपक्षीमाथि निक्कै दबाब बनाए तर स्कोर भने गर्न सकेनन्। हिमालयण एससीको पक्षमा खेलिरहेका विदेशी खेलाडी मेक्सवेलले ६९ मिनटमा गोल दागेर टिमलाई २-० को बडत दिलाए। यसैबीच हिमालयण एससीका खेलाडीले गरेको गल्तिका कारण जीटीए इलेभेनले ७३ मिनटमा पाएको पेनल्टीलाई जीटीएका विशाल लामा गोल दागेर टिमको पक्षमा केही आशा जगाए। तथापि खेलको ८०औं मिनटमा हिमालयण एससीका मेक्सवेलले आफ्नो पक्षमा दोस्रो र टिमको पक्षमा तेस्रो गोल दागेर गभरनर्स गोल्डकपमा जीटीएको अघिका म्याच खेल्न आशामा पानी फेरीदिए।

हिमालयण एससीको पक्षमा दुई गोल गर्ने मेक्सवेल मेन अफ द म्याच चुनिएका छन्। सिक्किम हिमालयन एससीको अर्को म्याच १४ नोभेम्बरमा नर्थ-ईस्ट युनाईटेडसँग हुनेछ। गोल्डकपको तेस्रो खेल भोलि आइतवार आर्मी रेड र कावाजोल भेन्तारा एफसी मिजोरम माझ हुनेछ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह