नेपाली साहित्य परिषद सिक्किमले १२ नोभेम्बरमा देवकोटा जयन्ती मनाउने

गान्तोक, ९ नोभेम्बरः नेपाली साहित्य परिषद, सिक्किमले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती वर्षेनी १२  नोभेम्बरमा पालन गर्ने भएको छ। परिषदका अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यकारी सदस्यहरूको सभाले सो निर्णयलाई प्रस्तावको रुपमा राखेर तथा प्रस्तावलाई सर्वसम्मतिका साथ पारित गरेको छ।

प्रस्तावमा वर्षेनी देवकोटा जयन्तीलाई अनिवार्य रुपमा पालन गर्ने पनि निर्णय लिइएको छ। यसोसले, देवकोटा ११५औँ जन्मजयन्ती आउँदो १२ नोभेम्बर २०२४ दिन नेपाली परिषदको सभाकक्षमा आयोजन हुनेछ। सो सभाले सिक्किम भारतको २२औँ राज्यको रुपमा प्रतिष्ठापित भएको ५०औँ वर्षको उपलक्ष्यलाई पनि कार्यक्रमको मूल विषय बनाएको निर्णय गरेको छ।

कार्यक्रममा महाकविको व्यक्तित्व एवम् कृतित्वमाथि वार्तासँगै कवि गोष्ठी साथै साङ्गीतिक कार्यक्रमहरू समावेश गर्ने सो सभाले निर्णय गरेको छ। परिषदले महाकवि देवकोटाको यस जन्मजयन्ती समारोहमा सबैको उपस्थितिका निम्ति परिषद् सादर निवेदन गरेको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह