शुरुभयो स्वर्णकप फुटबल प्रतियोगिता

गान्तोक, ८ नोभेम्बरः सिक्किम पुलिस ५-० गोलको फराकिलो अन्तरले विजयी बनेर अखिल भारतीय राज्यपाल स्वर्णकप फुटबल प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ। सञ्जय राईको ह्याट्रिकको सहयोगमा सिक्किम पुलिसले स्वर्णकपको उद्घाटन खेलमा कालिघाट मिलन संघलाई सहज पराजित गऱ्यो। यसमा टिम कप्तान फिपराज लिम्बू र बक्सर प्रधानले एक-एक गोलको योगदान दिए। म्याच शुरु भएको १७ मिनटमा गोल गरेर टिमलाई पहिलो बढत दिलएका सिक्किम पुलिसका खेलाडी बक्सर प्रधान म्यान अफ् द म्याच बने।

अखिल भारतीय राज्यपाल स्वर्णकप फुटबल आज शुकरवारदेखि पाल्जर स्टेडियम गान्तोकमा शुरु भयो। सिक्किम फुटबल एसोसिएशनले आयोजना गरिरहेको प्रतियोगिताको उद्घाटन खेलमा कालिघाट मिलन समितिले राम्रो प्रदर्शन दिन सकेन जसको फलस्वरूप घरेलु दलका रूपमा खेलिरेहेको सिक्किम पुलिसले फराकिलो जित दर्ता गऱ्यो। खेल शुरु भएको १७ मिनटमा बक्सर प्रधानले गरेर सिक्किम पुलिसलाई पहिलो बढत दिलाएका थिए भने यसपछि कालिघाटले सिक्किम पुलिसको सामना गर्न सकेन।

पहिलो म्याचमै ह्याट्रिक गर्न सफल सिक्किम पुलिसका खेलाडी सञ्जय राई

सिक्किम पुलिसको पक्षमा सञ्जय राईले ३२ मिनटमा दोस्रो र ३९ मिनटमा तेस्रो गोल गरेपछि हाफ टाइम अघि घरेलु टिमले ३-० को अपराजित बढत बनाएको थियो। सिक्किम पुलिस टिमको पक्षमा चौथो साथै आफ्नो पक्षमा ह्याट्रिक बनाउँदै सञ्जय राईले ६२औं मिनटना गोलगरेका थिए जबकी पाँचौ गोल टिम कप्तान फिपराज लिम्बूले गरे। पहिलो खेलमा नै फराकिलो हार झेल्दै कालिघाट मिलन गोल्डकप प्रतियोगिताबाट बाहिरिएको छ।

भोलि शनिवार हिमालयण स्पोर्टिङ क्लब गान्तोक र जीटीए इलेभेन माझ खेल हुनेछ। प्रि-क्वाटर फाइनल चरणमा प्रवेश गरेको सिक्किम पुलिसको आगामी म्याच १२ नोभेम्बरमा गोकुलम एफसी केरलसँग हुनेछ। पहिलो खेलमा विजयी बनेका सिक्किम पुलिसका खेलाडीले आगामी खेलमा पनि राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। राज्यपाल स्वर्णकप फुटबल प्रतियोगितामा पहिलोपल्ट सहभागिता जनाइरहेको आएसएलको चर्चित टिम चेन्नाइन एफसी पनि गान्तोक आइपुहेको छ। पञ्जाब पुलिस र चेन्नइनको खेल ११ नोभेम्बरमा हुनेछ भने दुवै टिमले आजदेखि गान्तोकमा अभ्यास शुरु गरेका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह