चार वर्षपछि गभरनर्स गोल्डकपको तयारीमा गान्तोक

गान्तोक, ७ नोभेम्बरः सिक्किमको प्रतिष्ठित अखिल भारतीय राज्यपाल स्वर्णकप (अल इण्डिया गभरनर्स) फुटबल भोलि ८ नोभेम्बर शुक्रवारदेखि गान्तोकको पाल्जर स्टेडियमा शुरु हुनेछ। चार वर्षको प्रतिक्षापछि पुनः शुरु हुन गइरहेको राज्यपाल स्वर्णकपलाई लिएर फुटबल प्रेमीहरू निकै उत्साहित देखिएका छन्। सिक्किम फुटबल एसोसिएशनले आयोजना गर्ने स्वर्णकप फुटबल प्रतियोगितामा यस पल्ट चारवटा विदेशी टिमसहित कूल १६ टिमको सहभागिता रहेको छ।

राज्यपाल स्वर्णकप फुटबल प्रतियोगिताको उद्घाटन खेलका लागि अभ्यास गर्दै कालिघाट मिलन संघ कोलकाताका खेलाडीहरू

सिक्किम फुटबल एसोसिएशनले यस पल्ट राज्यपाल स्वर्णकप फुटबलको ४०औं संस्करण आयोजना गरिरहेको छ। यसमा सहभागी विदेशी दलहरूमा रोयल एफसी दुबई, केडीएन एफसी मलेसिया, ट्रान्सपोर्ट युनाइटेड एफसी भोटान र चर्च बोइज युनाइटेड नेपाल रहेका छन् जसले क्वाटर फाइनल चरणदेखि प्रतियोगिता खेल्नेछन्। सिक्किमबाट स्थानीय दलका रुपमा गान्तोक हिमालयण एससी र सिक्किम पुलिसले खेलिरहेका छन् भने दार्जीलिङ पहाडी क्षेत्रलाई नेतृत्व गर्दै जीटीए इलेभेनले प्रतियोगिता खेल्नेछ। यस पल्टको स्वर्णकपमा आईएसएल खेलेको नर्थ इस्ट युनाइटेड र चेन्नई एफसी रहेका छन्। प्रतियोगितामा कालिघाट एमएस कोलकाता, कावाजल भेङ्थार एफसी मिजोरम, आर्मी रेड, पञ्जाब पुलिस, गोकुलम एफसी केरल, सुदेभा एफसी दिल्ली र डाईमन्ड हार्बर कोलकाता रहेका छन्।  

भोलिदेखि शुरु हुने प्रतियोगितालाई लिएर सिक्किम फुटबल एसोसिएशनले युद्ध स्तरमा तयारी गरिरहेको छ। चार वर्षको अन्तरालमा हुन गइरहेको प्रतियोगिताको प्रतिष्ठालाई बचाइराख्न हर सम्भव तयारी गरिएको एसोशिएशनका महासचिव फुर्वा शेर्पाले बताएका छन्। राज्यपाल स्वर्णकप प्रतियोगिताको प्रतिष्ठा बचाइराख्न स्थानीय दर्शकबाट सहयोग र समर्थनको भरोसा रहेको शेर्पाले बताए। सिक्किम फुटबल एसोसिएशनको प्रचार प्रसार शाखाका उपाध्यक्ष स्याम प्रधानले प्रतियोगिता आयोजनका लागि राज्य सरकारले एसोसिएशनलाई भरपूर सहयोग दिएको बताउँदै मुख्यमन्त्री पीएस गोले र राज्य सरकारप्रति आभार व्यक्त गरेका छन्।

४०औं राज्यपाल स्वर्णकप फुटबल प्रतियोगिताको उद्घाटन खेल भोलि सिक्किम पुलिस र कालिघाट मिलन संघ कोलकाता माझ हुनेछ। प्रतियोगितामा उत्कृष्ठ प्रदर्शनको लक्ष्यका साथ सिक्किम आएको कालिघटको टिमले लगातार अभ्यास गरिरहेको छ भने गान्तोक हिमालयण एफसी पनि स्थानीय दर्शकलाई निराशा नबाउने तयारीमा रहेको छ। केही वर्ष अघि जर्ज टेलिग्राफको पक्षबाट गान्तोकमा अखिल भारतीय राज्यपाल स्वर्णकप फुटबल खेलिसकेका कालिघाट मिलन संघका प्रशिक्षक समर देवले सिक्किम फुटबल एसोसिएशनले दिएको निमन्त्रणा र सिक्किमले दिएको आतिथ्य सत्कारबाट धेरै प्रभावित रहेको बताउँदै उत्कृष्ट प्रदर्शनको लागि टिमलाई तयार पारिरहेको बताएका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह