प्रेस क्लबले दियो स्व. हेमन्त गिरीलाई श्रद्धाञ्जलि

गान्तोक, ६ नोभेम्बरः सिक्किमका पत्रकारहरूले स्वर्गीय हेमन्त गिरीलाई श्रद्धाञ्जलि अर्पण गरेका छन्। स्व. गिरीलाई श्रद्धासुमन अर्पण गर्न प्रेस क्लब अफ् सिक्किमले बुधवार गान्तोकमा श्रद्धाञ्जलि सभा आयोजन गऱ्यो। क्लबका सल्लाहकार किशोर मोक्तानको अध्यक्षतामा सम्पन्न सभामा उपस्थित पत्रकारहरूले स्वर्गीय गिरीप्रति श्रद्धा अर्पण गरे।

सन् १९५९-को २ फरवरीमा जन्मग्रहण गरेका दक्षिण सिक्किमको सुम्बुक निवासी पत्रकार हेमन्त गिरीको गत ३० अक्टोबर २०२४-को दिन सिलगढीमा निधन भएको हो। उनी लामो समयदेखि मृगौला रोगले ग्रसित थिए।  श्रद्धाञ्जलि सभाका अध्यक्ष तथा प्रेस क्लबका सल्लाहकार किशोर मोक्तानले पत्रकार गिरीको सामाजिक एवम् पत्रकारितामाथिको योगदानबारे विस्तृत रूपमा प्रकाशित पारे। गिरीले पत्रकारिताको क्षेत्रमा गरेको संघर्षको उल्लेख गर्दै उनले नवोदित कलाकारहरूलाई प्रोत्साहित गर्न पनि उनको योगदान उल्लेखनीय रहेको बताए। मोक्तानले हेमन्त ऋतुमै हेमन्तको निधन हुनु कस्तो संयोग हो भन्ने मन्तव्य गरे।

प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष भीम राउतले पत्रकारितामा गिरीको भाषा रसयुक्त एवम् स्तरीय रहेको उल्लेख गर्दै सिक्किममा प्रथमपल्ट पत्रकार कल्याण कोषको गठन गर्नमा पत्रकार गिरीले दिएको अमूल्य योगदानको सराहना गरे। पत्रकारिता र कला दुवै क्षेत्रमा गिरीको बराबर दखल रहेको पनि उनले बताए।

प्रेस क्लबका महासचिव डिल्लीराम दुलालले हेमन्त गिरीको निधन पत्रकारिता क्षेत्रको निम्ति अपुरणीय क्षति हो भन्दै उनका योगदानलाई सदैव प्रेस क्लबले सम्झनाको तरेलीमा राख्ने मन्तव्य गरे।

पत्रकार प्रवीण खालिङले स्वर्गीय गिरीको जीवनीमाथि प्रकाश पार्दै सामाजिक एवम् पत्रकारिता क्षेत्रमा उनले गरेका कालजयी कर्महरूको उल्लेख गरे। प्रेस क्लबका पूर्व अध्यक्ष शेखर खवास र पत्रकार कविता शर्माले पनि गिरीका सबल पक्षहरूमाथि आफ्ना अनुभवहरू साझा गरेका थिए।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह