विभिन्न ग्राम पञ्चायतमा नेपाली भाषाका सूचनापाटी लगाउँदै भालेढुङ्गा साहित्यिक मञ्च

गान्तोक, ६ नोभेम्बरः भालेढुङ्गा साहित्यिक मञ्च याङगाङले नेपाली भाषाको प्रोत्साहन र विकासका क्रममा ग्रामीण स्तरमा महत्त्वपूर्ण पहल शुरु गरेको छ। मञ्चले याङगाङ खण्ड विसाकस कार्यालय अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायतमा नेपाली भाषामा लेखिएका सूचनापाटी लगाउने काम गरेका छन्।

प्राप्त जानकारीअनुसार भालेढुङ्गा साहित्यिक मञ्चको तर्फबाट अध्यक्ष पीएल दङ्गाल, सल्लाहकार प्रह्लाद दवाड़ी, वरिष्ठ सदस्य दुर्गा प्रसाद ढकालले नेपाली भाषामा तयार गरिएको सूचनापाट लिङ्गी लिङ्गी-सोक्पे ग्राम प्रशासन केन्द्र, लिङ्मो-पायोङ ग्राम प्रशासन केन्द्र तोकदे-कोलथाङ ग्राम प्रशासन केन्द्र र निया-माङजिङ ग्राम प्रशासन केन्द्रमा लगाएका छन्। यो कार्य सम्बन्धित पञ्चायत सभापति, पञ्चायत सदस्य एवं ग्राम प्रशासन केन्द्रका कर्मचारीहरूको उपस्थितिमा गरिएको बताइएको छ। यसै प्रकारको कार्य राङगाङ-याङ्गाङ निर्वाचन क्षेत्रका अन्य ग्राम पञ्चायतमा पनि सम्पन्न भइसकेको छ।

सम्पूर्ण सूचनापाटी भालेढुङ्गा साहित्यिक मञ्चले आफ्नो खर्चमा याङ्गाङ महकुमा अन्तर्गतका ग्राम प्रशासन केन्द्र, खण्ड प्रशासनिक केन्द्र र अन्य सरकारी कार्यालयमा जनमानसको सुविधाका लागि स्थापित गरेको हो। भालेढुङ्गा साहित्यिक मञ्च चर्चित भालेढुङ्गाको फेदमा भएका रामफाक खोलादेखि रम्फू खोलासम्मका गाउँमा साहित्यको विकासमा मञ्च प्रदान गर्ने नितान्त गैर राजनैतिक संस्था हो। १२ दिसम्बर २०२२ मा स्थापित भएको यो साहित्यिक मञ्चले धेरै सामाजिक कार्य सँगसँगै भाषा साहित्य विकासको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दैछ। भालेढुङ्गा साहित्यिक मञ्चको यो कार्यलाई पञ्चायत एवं स्थानी मानिसहरूले सराहना गरेका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह