निर्विरोध निर्वाचित बने दुवै एसकेएम उम्मेद्वार

गान्तोक, ३० अक्टोबरः उपचुनाउमा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टी उम्मेद्वार निर्विरोध निर्वाचित भएका छन्। नाम्ची-सिङ्गीथाङ र सोरेङ-च्याखुङ निर्वाचन क्षेत्रको उपचुनाउ प्रक्रियामा आजा नामाङ्कन फिर्ता लिने अन्तिम दिन एसकेएम पार्टीका उम्मेद्वार बाहेक अन्य चुनाउ मैदानमा नरहेपछि दुवै उम्मेद्वारलाई निर्वाचित घोषित गरिएको छ। यसका साथै सोरेङ-च्याखुङ निर्वाचन क्षेत्रबाट आदित्य गोले दोस्रो पल्ट अनि नाम्ची-सिङ्गीथाङ निर्वाचन क्षेत्रबाट सतिश चन्द्र राई पहिलोपल्ट विधायक बनेका छन्।

नाम्ची-सिङ्गीथाङ निर्वाचन क्षेत्रमा निर्विरोध निर्वाचित भएपछि सतिश चन्द्र राईलाई नाम्ची जिल्लाकी जिल्लापाल तथा रिर्टनिङ अफिसर अनुपा तामलिङले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेकी छन्। यसरी नै सोरेङ जिल्लाका जिल्लापालले पनि आदित्य गोलेलाई चुनाउमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे।

दुवै निर्वाचन क्षेत्रहाट हिजो सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीका उम्मेद्वारले नामाङ्कन फिर्ता लिएपछि एसकेएम उम्मेद्वार निर्विरोध बनेका थिए। एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङ र पार्टीले पनि उपचुनाउमा कुनै सहयोग नगरेको आरोप लगाउँदै हिजो २९ अक्टोबरको दिन सोरेङ-च्याखुङ निर्वाचन क्षेत्रबाट प्रेम बहादुर भण्डारी र नाम्ची-सिङ्गीथाङ निर्वाचन क्षेत्रबाट डानियल राईले नामाङ्कन फिर्ता लिएका थिए।

उपचुनाउका लागि उम्मेद्वारिता दिएका नाम्ची-सिङ्गीथाङ क्षेत्रमा सिटिजन एक्सन पार्टी उम्मेद्वार महेश राई र सोरेङ-च्याखुङका उम्मेद्वार पबिन हाङ सुब्बाको जाँचका क्रममा नामाङ्कन खारिज भएको थियो। उपचुनाउमा दुवै क्षेत्रमा एसकेएम उम्मेद्वार निर्विरोध निर्वाचित भएसँगै सिक्किम विधानसभाका ३२ वटै निर्वाचन क्षेत्रमा एसकेएम विधायक बनेका छन्।

एसकेएमले ३१ वटा निर्वाचन क्षेत्रमा चुनाउ जितेको छ भने स्यारी निर्वाचन क्षेत्रबाट विजयी बनेका एकमात्र एसडीएफ उम्मेद्वार तेञ्जिङ नर्बु लाम्टा पनि एसकेएम पार्टीमा सामेल भएका थिए। यो उपचुनाउमा दुवै सिट जितेर एसकेएम पार्टीले चुनाउ अघि दिएको २०२४ सोलिड एसकेएम नारालाई साकार गराएको छ। एसडीएफ र सिट्टिजन एक्सन पार्टी सिक्किमले उपचुनाउ प्रक्रिया र चुनाउ आयोगको कार्यप्रणाली विरुद्ध लगातार आलोचना भने गरिरहेको।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह