चार वर्षपछि पुनः शुरु हुँदै गभर्नर्स गोल्डकप; दुबई र मलेसियाका दुई क्लबले प्रतियोगिता खेल्ने

गान्तोक, २८ अक्टोबरः चार वर्षको प्रतिक्षपछि प्रतिष्ठि गभर्नर्स यस वर्ष आयोजन हुने भएको छ। प्रतियोगिता ८ देखि २१ नोभेम्बरसम्म गान्तोकको पाल्जर स्टेडियममा आयोजना गर्ने सिक्किम फुटबल एसोसिएशन (एसएफए) ले जानकारी दिएको छ। चार वर्षको अन्तरालपछि आयोजन भइरहेको गोल्डकपलाई रोमाञ्चक बनाउन एसएफएले हर सम्भव प्रयास गरेको छ।

प्रतियोगितामा कूल १६ वटा टिमको सहभागिता रहनेछ जसमा चारवटा विदेशी टिम रहेका छन्। यस पल्ट गभर्नर्स गोल्डकपका लागि मलेसिया र दुवैका एक-एकवटा क्लबलाई आमन्त्रण गरिएको एसएफए अध्यक्ष मेन्ला इथेन्पाले गान्तोकमा आयोजित पत्रकार सम्मेलन अवधि जानकारी दिए। दुवै क्लबले प्रतियोगिताका लागि सहमति दिएका र उनीहरूको आगनका लागि भिजा दिलाउन एसएफएले अल इण्डिया फुटबल फेडेरेसनको पक्षबाट खेल मन्त्रालय, विदेश मन्त्रालय र गृह मन्त्रालयमा आवेदन दिएको जानकारी दिँदै मन्त्रालयहरूबाट एनओसी प्राप्त भए दुबई र मलेसियाका क्लबले गोल्डकप खेल्ने अध्यक्ष इथेन्पाले बताएका छन्।

प्रतियोगितामा नेपालको लिग च्याम्पियन नेपाल चर्च बोइज र ट्रान्पोर्ट युनाइटेड भुटानको पनि विदेशी टिमको रूपमा सहभागिता रहनेछ। यसपल्ट गोल्डकपमा आईएसएल खलिरहेका टिमहरूले पनि खेल्नेछन्। आईएसएल टिमका रूपमा नर्थइस्ट युनाइटेड र चेन्नई एफसीले प्रतियोगितामा खेल्ने भएका छन्। यसरी नै गोकुलम एफसी केरल, सुदेभा एफसी दिल्ली, डाईमन्ड हार्बर एफसी कोलकाता, आर्मी रेड, पञ्जाब पुलिस, भेन्टर एफसी मिजोरम, कालिघाट मिलन समिति र जीटीए इलेभेनले राज्य बाहिरका दलको रूपमा प्रतियोगितामा खेल्नेछन्। यसरी नै सिक्किम पुलिस इलेभेन र गान्तोक हिमालयन एफसीले सिक्किमका टिमको रूपमा गभर्नर्स गोल्डकपमा खेल्ने एसएफए अध्यक्ष मेन्ला इथेन्पाले जानकारी दिएका छन्।

प्रतियोगितामा खेल्ने चारवटा विदेशी दलले क्वाटर फाइनल चरणबाट प्रवेश पाउनेछन भन्ने अन्य १२ टिमले शुरुदेखि नै म्याच खेल्नु पर्नेछ। आयोजक एसएफएले ९ र १० नोभेम्बरमा डबल म्याच खेलाउने बाताएको छ भने अन्य सबै म्याच दिनमा एउटामात्रै हुनेछ। यसबाहेक केही म्याच फ्लड लाइटमा खेलाउने तयारी भइरहेको बताइएको छ।  

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह