उपचुनाउका लागि सिटिजन एक्सन पार्टीका दुवै उम्मेद्वारको नामाङ्कन रद्द

गान्तोक, २८ अक्टोबरः उपचुनाउमा उठेका सिटिजन एक्सन पार्टी सिक्किमका दुवै उम्मेद्वारको नामाङ्कन रद्द भएको छ। आज नामाङ्कन जाँच पछि रिटर्निङ अफिसरले नाम्ची-सिङ्गीथाङका उम्मेद्वार महेश राई र सोरेङ-च्याखुङ निर्वाचन क्षेत्रका उम्मेद्वार पबिनहाङ सुब्बाको नामाङ्कन रद्द गरेका छन्।

सिटिजन एक्सन पार्टीको सोरेङ-च्याखुङका उम्मेद्वार पबिनहाङ सुब्बाको नामाङ्कन जन प्रतिनिधि ऐन १९५१ अन्तर्गत भएको विरोधको सुन्वाइमा रिटर्निङ अफिसरले रद्द गरेको बताइएको छ। यता नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रमा सिटिजन एक्सन पार्टीका उम्मेद्वार महेश राईको नामाङ्कन जाँचका क्रममा उनले आवश्यक प्रस्तावकको संख्या पूरा नगरेको पाइएका कारण नामाङ्कन रद्द गरिएको बताइएको छ। यसरी नै नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रमा एसडीएफ पार्टीकी दोस्रो (वैकल्पिक) उम्मेद्वार योजना राई नामाङ्कन पनि रद्द भएको छ।

सिटजन एक्सन पार्टीको दुवै निर्वाचन क्षेत्रका उम्मेद्वारको नामाङ्कन रद्द भएपछि चुनाउ अब एसडीएफ र एसकेएम माझ हुने भएको छ। जाँचमा सोरेङ-च्याखुङ निर्वाचन क्षेत्रबाट एसकेएम उम्मेद्वार आदित्य गोले र एसडीएफ उम्मेद्वार प्रेम बहादुर भण्डारीको नामाङ्कन सही पाइएको छ भने नाम्ची-सिङ्गीथाङ निर्वाचन क्षेत्रबाट एसकेएमका सतिश चन्द्र राई र एसडीएफका डानियल राईको नामाङ्कन पारित भएको छ। उम्मेद्वारले ३० अक्टोबर दिउसो ३ बजेभित्र नामाङ्कन फिर्ता लिन सक्नेछन् भने उपचुनाउ १३ नोभेम्बरमा हुनेछ।

दुवै निर्वाचन क्षेत्रका उम्मेद्वारको नामाङ्कन रद्द भएपछि सिटिजन एक्सन पार्टी सिक्किमले यस घटनालाई षड्यन्त्र बताउँदै कडा विरोध जनाएको छ। पार्टीले एउटा प्रेस विज्ञप्ति जारी गरेर एसकेएम पार्टीले चुनाउ आयोगलाई समेत विचलित गरेर स्वार्थपुर्तिका लागि जनताका वास्तविक प्रतिनिधिलाई चुनाउ प्रक्रिया बाहिर राख्न अनैतिक र असंवैधानिक कदम उठाएको भन्ने आरोप लगाएको ।  

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह