परी प्रकाशनद्वारा दुई दिने साहित्यिक महोत्सव आयोजितः डा. गीता निरौला र भीम ठटाललाई परी पुरस्कार प्रदान

गान्तोक, २७ अक्टोबरः परी प्रकाशन सोरेङले आयोजनामा दुई दिने अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव समाप्त भएको छ। गान्तोकको मनन भवनमा आयोजित दुई दिने महोत्सवको समापन अवसरमा ललीतकला प्रज्ञा प्रतिष्ठान नेपालका कुलपति नारदमणि हार्तम्छालि सभाध्यक्षको रूपमा उपस्थित थिए।

अन्तर्राष्ट्रिय साहित्यिक उत्सवको समापन समारोहमा अध्यक्षीय सम्बोधन राख्दै कुलपति नारदमणि हर्तम्छालीले विद्यार्थी तथा अग्रज साहित्यिक व्यक्तित्वलाई समावेश गरेर परी प्रकाशनले आयोजन गरेको दुई दिने साहित्यिक महोत्सव अन्तर्राष्ट्रिय कार्यक्रमका लागि नयाँ मोडलको स्याम्पलिङका रूपमा रहेको बताए। उनले प्रकाशनको प्रायस सराहनीय रहेको र यस्तो कार्यक्रमले निरन्तरता पाए भविष्यमा अझ वृहत बनेर जाने बताए।

साहित्य सौख, भोक र लोकका लागि लेखिन विषय भएको उल्लेख गर्दै तीनैवटा पक्षलाई ब्यालेन्स गरेर लेख्न सकेमात्र त्यो सिर्जना अमर हुने कुलपति नारदमणि हर्तम्छालीले बताएका छन्। उनले सिक्किमेली साहित्य क्षेत्रमा आशालाग्दो सम्भावना देखिएको बताउँदै शिखरसम्म पुग्नका लागि तर भुईँमा खुट्टा टेकेरै हात फैलाएर अघि बड्नुपर्छ भन्ने सुझाउ पनि राखेका छन्। परी प्रकाशनद्वारा गरिएको पहल पहिचान र पहुँचको पनि बनेको उनले बताए। नयाँ पुस्ता र अग्रजहरूको सामावेशमा गरिएको यो कार्यक्रमलाई राम्रो कम्पोजिसन बताँदै यसले साहित्य नयाँ पुस्तालाई हस्तान्तरण गर्ने पहलमा ठूलो बल मिल्ले बताएका छन्।

परी प्रकाशनका मुख्य संरक्षक सिक्किमका मुख्यमन्त्री पीएस गोलेले प्रकाशनले सिक्किमका साहित्यिक व्यक्तित्व र यस क्षेत्रमा संलग्न संघ संस्थालाई उत्साह र प्रेरणा मिलोस भनेर परी प्रकाशनले स्थापना कालदेखि नै विभिन्न कार्यक्रम गर्दै आएको बताए। साहित्य साधानमा लागेका मानिसहरूलाई प्रकाशन र सरकारले निरन्तर सहयोग प्रदान गरिरहने उनले बताए। प्रकाशनले अहिलेसम्म धेरै पुस्तकहरू प्रकाशन गरेका कारण सर्जकहरू लाभान्वित बनेका छन् यस वर्ष सिक्किमका सबै साहित्यिक संस्थालाई सम्मान गरेको र यसले संस्थागत प्रेरणा मिल्नेछ भन्ने विश्वास रहेको बताए।

वर्तमान युगमा संगठनमा शक्ति हुन्छ भन्ने विस्वास राखेर एसकेएम सरकारले राज्यमा एकता र साम्प्रदायिक सद्भावना कायम गरेको बताए साथै अपतन फेलोसिप, भाषा दिवसमा सरकारी विदा, नेपाली भाषामा सरकारी अधिसूचना प्रकाशनको माध्यमबाट पनि नेपाली भाषाको विकासमा सरकारले सहयोग पुऱ्याइरहेको बताए। मुख्यमन्त्री गोलेले दुई दिने साहित्यिक महोत्सवमा सहभागी बनिदिने सबैप्रति परी प्रकाशन र सिक्किम सरकारको पक्षबाट आभार व्यक्त गरे।  

दुई दिने अन्तर्राष्ट्रिय साहित्यिक महोत्सवको मुख्य आकर्षण परी पुरस्कार रहेको थियो। प्रकाशनले पहिलोपल्ट शुरु गरेको पुरस्कार डाक्टर गीता निरौला र भीम ठटाललाई प्रदान गऱ्यो। प्रकाशनले यस वर्ष सिक्किमका सबै साहित्यिक संस्थालाई सम्मान जनाएको छ। यसरी नै आजको कार्यक्रममा परी प्रकाशनद्वारा प्रकाशित पुस्तक र अन्य सर्जकहरूका पुस्कतहरू लोकार्पण गरिए। कार्यक्रममा विद्यालय स्तरको सामूहिक कविता वाचन समावेश थियो भने अतिथि कविका रूपमा नेपालका कृष्ण प्रसाईँ, दिनेश अधिकारी र सिक्किमकी रञ्जना कार्कीले कविता वाचन गरे।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह