परी प्रकाशनको दुई दिने अन्तर्राष्ट्रिय साहित्य उत्सव शुरु

गान्तोक, २६ अक्टोबरः परी प्रकाशन सोरेङको आयोजनामा दुई दिने अन्तर्राष्ट्रिय साहित्य उत्सव आजदेखि गान्तोकमा शुरु भयो। गान्तोकको मनन भवनमा शुरु भएको साहित्य उत्सवको पहिलो दिनको कार्यक्रमलाई कवि डाक्टर राजेन्द्र भण्डारीले अध्यक्षता गरेका थिए।

पहिलो दिनको कार्यक्रममा सिक्किम सरकारका मुख्यमन्त्री तथा परी प्रकाशनका मुख्य संरक्षक पीएस गोले, संरक्षक कृष्ण कुमारी राई, परी प्रकाशनका अध्यक्ष सीपी शर्मासहित प्रकाशनका सदस्यवर्ग, नेपालबाट डाक्टर रामचन्द्र पोखरेल, असमका ज्ञानबहादुर क्षेत्री, कालेबुङबाट सुधीर छेत्री, सिक्किम विश्वविद्यालको नेपाली विभाग प्रमुख प्रोफेसर कविता लामा, विभिन्न स्थानका साहित्यिक व्यक्तित्व र कलेजका विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

आज पहिलो दिनको कार्यक्रमको मुख्य आकर्षण समकालीन नेपाली साहित्यमा देखिएका प्रयोग, प्रभाव एवं प्रवृत्तिहरूमाथि सामूहिक चर्चा रहेको थियो। यस चर्चामा डा. रामचन्द्र पोखरेलले नाट्य विधा, प्रोफेसर कविता लामाले विश्व परिवेशमा नेपाली साहित्यको अवस्था, ज्ञानबहादुर छेत्रीले नेपाली साहित्यको अनुवाद अवस्था, सुधीर छेत्रीले नेपाली कविताको अवस्था र डा. दुर्गा प्रसाद शर्माले सिक्किममा नेपाली साहित्यको अवस्था बारे संक्षिप्त अवलोकन प्रस्तुत गरे।

यसै अवसरमा वर्णमाला परिवारको छोटो कार्यक्रम समावेश गरिएको थियो जसमा संस्थापक देवाशीष मोथेले नेपाली वर्णमालाको भिजुअल प्रस्तुति साथै पर्यावरण सम्बन्धित विषय प्रस्तुत गरे।

कार्यक्रमम अध्यक्षीय सम्बोधन राख्दै कवि डा. राजेन्द्र भण्डारीले परी प्रकाशनले गरेको प्रयासको सरहना गरे। सिक्किम साहित्यका लागि फाँटिलो क्षेत्र रहेको बताउँदै तथापि यहाँबाट इतिहास आधारिक साहित्य सिर्जना नभएका कारण विद्यार्थीले यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने आग्रह गरे।

नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउन सिक्किमले दिलकुमारी भण्डारी र तत्कालिन मुख्यमन्त्री नरबहादुर भण्डारीले गरेको योग्दान सरह नै सिक्किमले अन्य धेरै क्षेत्रमा नेतृत्व गरेर देशमा नेपाली भाषीलाई सम्मान दिलाउन सक्ने डा. भण्डारीले बताए। मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा नेपाली भाषी समुदायले जनजाति मान्यता प्राप्त गर्न सके यो सबैभन्दा ठूलो उपलब्धि बन्ने उनको भनाइ रहेको छ। डा. राजेन्द्र भण्डारीले सबै क्षेत्रमा आर्टिफिसियल इन्टिलिजेन्सले मानव सिर्जनामा ह्रास पुऱ्याइ रहेको समय लेखन तथा मानविय चेतनामाथि यसको अतिक्रम हुन नदिइ प्रविधिको प्रयोग गर्नुपर्ने अवस्था आएको बताए।

परी प्रकाशनको आजको प्रथम दिनको कार्यक्रममा दुई दिने अन्तर्राष्ट्रिय साहित्य उत्सवको आयोजनको उद्देश्यमाथि प्रकाशनका अध्यक्ष सीपी शर्माले प्रकास पारेका थिए। यस अवसरमा अन्य साङ्गीतिक र सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिए।  

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह