इन्द्रहाङ सुब्बा खाद्य प्रशोधन उद्योग मन्त्रालयको परामर्श समितिमा नियुक्त

गान्तोक, २६ अक्टोबर: सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बा खाद्य प्रशोधन उद्योग मन्त्रालयको परामर्श समितिको सदस्यमा नियुक्त भएका छन् ।  यो समितिमा नियुक्ति पछि सांसद सुब्बाले प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभा अध्यक्ष  ओम बिरलाप्रति आभार व्यक्त गरेका छन्। उनले भनेका छन्, “भारतको खाद्य प्रशोधन क्षेत्रको रणनीतिक प्रगतिमा योगदान गर्ने अवसर स्वरूप मलाई परामर्श समितिको सदस्यको रूपमा नियुक्तिका लागि आभारी छु।”

सांसद इन्द्र हाङ सुब्बाले भनेका छन्, “सेवा गर्ने यो अवसर मलाई सुम्पनु एक सम्मान र जिम्मेवारी हो। म हाम्रा किसानहरूलाई उत्थान गर्ने, ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने र भारतको कृषि मूल्य श्रृंखलालाई विस्तार गर्ने नीतिहरू अगाडि बढाउन प्रतिबद्ध छु। खाद्य प्रशोधन आत्मानिर्भर भारतको लक्ष्यलाई साकार पार्न महत्वपूर्ण भूमिका रहेको छ र म अर्थपूर्ण योगदान गर्न मेरा सहयोगी सदस्यहरूसँग मिलेर काम गर्न प्रतिवद्ध छु।”
यस अघि केन्द्र सरकारले लोकसभा सांसद इन्द्रहाङ सुब्बालाई एस्टिमेट कमिटी र खाद्य तथा उपभोक्ता मामिला मन्त्रालयको समितिमा नियुक्त गरेको थियो।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह