गान्तोक, २६ अक्टोबर: भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालय अन्तर्गत पूर्वोत्तर क्षेत्रका महानिर्देशक के. सतीश नम्बुदिरिपाद पाँच दिने औपचारिक भ्रमणमा आज गान्तोक आइपुगेका छन्।
आफ्नो प्रवासको क्रममा नम्बुदिरिपादले केन्द्र र राज्य सरकारका मिडिया सङ्गठनका प्रमुखहरू, प्रेस क्लब अफ् सिक्किमका सदस्यहरूसँग भेटघाट गर्नेछन्। उनले सिक्किम सेन्ट्रल युनिभर्सिटीको मास कम्युनिकेशन विभागका विद्यार्थीहरूलाई व्याख्यान पनि दिनेछन्।
नाम्बुदिरिपादको भ्रमणले समाजका सबै वर्गमा लाभ पुग्ने सुनिश्चित गर्दै सरकारी पहलहरूको आउटरिच कार्यक्रम सुधार गर्न विचार र रणनीतिहरू आदान-प्रदान गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्दछ। (पीआईबी)